नाडा अटो शो २०२५ भव्यताकासाथ सम्पन्न, नेपाल अटोमोबाइल्स महासंघमा रूपान्तरणको प्रस्ताव

NADA Auto Show record-breaking visitors
Share It On:

८ भदौ, काठमाडौं ।

नाडा अटो शो २०२५ को समापन समारोह माननीय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा काठमाडौंको भृकुटीमण्डप परिसरमा भव्यताका साथ सम्पन्न भएको छ

६ दिनसम्म चलेको यस प्रदर्शनीमा १ लाख ७६ हजार ७ सय ८९ दर्शकहरूले अवलोकन गरेका छन्

यस वर्षको नाडा अटो शोलाई विगतका वर्षभन्दा अझ भव्य र बृहत भएको अवलोकनकर्ताहरूले टिप्पणी गरेका छन् प्रदर्शनीमा उड्ने सवारी साधन, रोबोटिक मानिस, रोबोटिक कुकुरका साथै नयाँ ब्रान्डका विद्युतीय सवारी साधनहरूले निकै ठूलो भिड आकर्षित गरेको थियो

यस प्रदर्शनीले सुस्ताइरहेको अटोमोबाइल व्यवसायका साथै देशको अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने आयोजकले अपेक्षा गरेका छन्

महासंघमा रूपान्तरणको ऐतिहासिक प्रस्ताव

नाडा अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्य समितिको २१औं बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई

नाडा अटोमोबाइल्स महासंघ नेपाल (Federation of NADA Automobiles Nepal) मा रूपान्तरण गर्ने ऐतिहासिक प्रस्ताव पारित गरेको छ यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको तयारीका रूपमा लिइएको छ

विशिष्ट व्यक्तिहरूको अवलोकन र अन्तरक्रिया कार्यक्रम

प्रदर्शनीको उद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो

साथै, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, र अन्य धेरै विशिष्ट व्यक्तिहरूले पनि प्रदर्शनीको अवलोकन गरेका थिए

अटो शोको अवसरमा विभिन्न विषयहरूमा अन्तरक्रिया कार्यक्रमहरू पनि सम्पन्न भएका थिए तीमध्ये ‘ड्राइभिङ द फ्युचर: ईभी एडप्सन इन नेपाल’, ‘कर्जा नीतिमा स्थिरता’, ‘फ्लाइङ कार टेक्नोलोजी’, र ‘मेड इन नेपाल’ जस्ता महत्त्वपूर्ण विषयहरूमा छलफल भएका थिए

उत्कृष्ट स्टलहरूलाई सम्मान

प्रदर्शनीमा उत्कृष्ट स्टल निर्माण गर्ने कम्पनीहरूलाई सम्मान गरिएको छ उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टलको अवार्ड दिपाल, एमएडब्लु अटो कर्ष प्रा.लि.ले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनको स्टलको अवार्ड रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रा.लि.ले प्राप्त गरेको छ

उत्कृष्ट लाइट कमर्सियल भेहिकलको अवार्ड श्री अद्वेत ईभी प्रा.लि.ले जितेको छ बैंक तथा इन्स्योरेन्सतर्फ ग्लोबल आईएमई बैंक लिमिटेडलाई उत्कृष्ट स्टलको अवार्ड प्रदान गरिएको छ

For more: NADA Auto Show 2082 record-breaking visitors


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *