नाडा अटो शो २०२५ मा दर्शकको ओइरो, ४ दिनमै १ लाख ४ हजारभन्दा बढीले गरे अवलोकन

NADA Auto Show 2025 Participant
Share It On:

६ भदौ, काठमाडौं ।

नाडा अटो शो २०२५ ले यस वर्ष अभूतपूर्व सफलता हासिल गरेको छ।

NADA Auto Show 2025 visitor

प्रदर्शनीको पहिलो चार दिनमै १ लाख ४ हजार ३ सय ४७ दर्शकले अवलोकन गरेका छन्, जसले नेपालको अटोमोबाइल क्षेत्रप्रतिको जनताको गहिरो रुचि र जिज्ञासालाई प्रष्ट पारेको छ। यो संख्या नाडा अटो शोको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा साबित भएको छ।

प्रदर्शनीमा दर्शकको उत्साहजनक सहभागिताले नेपाली बजारमा नयाँ प्रविधि र सवारी साधनप्रतिको बढ्दो आकर्षणलाई देखाउँछ। नाडाका अध्यक्षले यसलाई नेपाललाई अटोमोबाइल नवप्रवर्तनको केन्द्र बनाउने दिशामा एउटा महत्वपूर्ण सुरुवात मानेका छन्।

विशिष्ट व्यक्तिहरुको उपस्थिति

यस वर्षको नाडा अटो शोमा देशका विशिष्ट व्यक्तिहरुले पनि अवलोकन गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल लगायतका उच्च पदस्थ अधिकारीहरुले प्रदर्शनीको अवलोकन गरेका छन्।

यसका साथै, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल, संघीय र प्रदेश सांसदहरु, विभिन्न मन्त्रालयका सचिव तथा उच्चपदस्थ सरकारी अधिकारीहरुको पनि उपस्थिति थियो।

यस ऐतिहासिक सफलतामा योगदान पुर्‍याउने सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र अवलोकनकर्ताहरुलाई नाडाले हार्दिक आभार व्यक्त गरेको छ। यो सफलताले नाडा अटो शोलाई केवल एक प्रदर्शनी नभएर राष्ट्रिय उत्सवको रूपमा स्थापित गरेको छ।

For more: NADA Auto Show 2025 Participants


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *