नाडा अटो शो २०२५: उड्ने कार र अत्याधुनिक रोबोट प्रदर्शन गरिने

NAIMA Auto Show 2025 Flying Cars
Share It On:

२० साउन, काठमाडौं।

नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १७औं संस्करणको नाडा अटो शो २०२५ मा नेपालमा पहिलोपटक उड्ने कार सार्वजनिकरूपमा प्रदर्शनमा ल्याइने भएको छ।

आयोजकका अनुसार चीनमा उत्पादित Deepal ब्रान्डको VTOL उड्ने कार नेपालमा ल्याएर प्रदर्शन गरिनेछ, जसले भविष्यको शहरी मोबिलिटीलाई नयाँ परिभाषा दिनेछ। उक्त उड्ने कारको आधिकारिक वितरक एमएडब्लु वृद्धि प्रालि हो, जसले कारलाई नेपाल भित्र्याएको हो।

यसपटकको शोमा “Go For More” भन्ने नारासहित भविष्यमुखी, स्मार्ट र दिगो मोबिलिटी मा जोड दिइएको छ। शोमा १२५ भन्दा बढी स्टलहरू रहनेछन्, जहाँ १९ वटा चारपांग्रे सवारी ब्रान्ड, १३ वटा हल्का व्यावसायिक सवारी, ४ वटा दुईपांग्रे सवारी, ३५ वटा ल्युब्रिकेन्ट, टायर, ब्याट्री र अटो पार्ट्स ब्रान्डहरू प्रस्तुत गरिनेछन्। यसबाहेक, चारपांग्रे रोबोट, स्मार्ट मोबिलिटी समाधान, EVs, कृत्रिम बुद्धिमत्तामा आधारित प्रविधिहरू, Deepal VTOL UAVस्मार्ट सहर लक्षित समाधानहरू पनि शोमा देख्न पाइनेछ।

नाडा अटो शो २०२५ को उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल द्वारा गरिनेछ। अध्यक्ष करण चौधरीका अनुसार यो अटो शो प्रविधि, संस्कृति र अटोमोबाइलको संयोजन हुनेछ, जुन नेपाली अटो उद्योगको सम्भावना, नवप्रवर्तन र भविष्यतर्फको स्पष्ट संकेत हो।

प्रदर्शनी स्थल करिब ३ लाख वर्गफुटमा फैलिएको छ, जसमा १ लाख ६२ हजार ५ सय वर्गफुट प्रदर्शनी क्षेत्र मात्रै हुनेछ – जुन नेपालको अटो इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो हो। कार्यक्रमका प्रमुख प्रायोजकमा एमएडब्लु वृद्धि (युनिट्री), सहप्रायोजकमा शिखर इन्स्योरेन्स, पावर्ड बाई क्याम्पा कोला, टिकटिङ पार्टनर खल्ती, इन्टरनेट पार्टनर वर्ल्डलिंक लगायत छन्।

प्रवेश टिकट ‘खल्ती’‘आईएमई पे’ एपमार्फत अग्रिम बुकिङ गर्न सकिनेछ र दर्शकका लागि ट्राफिक सूचना डेस्क, स्वास्थ्य सहायता केन्द्र, मिडिया समन्वय डेस्क, सुरक्षा निगरानी, र अग्नि नियन्त्रण प्रणाली पनि रहनेछ।

शोका प्रमुख आकर्षणहरूमा ‘विन्टेज मोटर शो’, ‘मेड इन नेपाल पेभेलियन’, इन्टरनेशनल बिजनेस पेभेलियन, तथा इलेक्ट्रिक भेइकल (EV), स्मार्ट मोबिलिटी र दिगोपन सम्बन्धी सेमिनार तथा कार्यशालाहरू समावेश छन्।

नाडाका अनुसार, नाडा अटो शो २०२५ एक ऐतिहासिक मोमेंट हुनेछ, जुन केवल अटोमोबाइलको उत्सव मात्र नभई भविष्यको मोबिलिटीको खाका कोर्नेदेखि नवप्रवर्तनका सम्भावनाहरू उजागर गर्ने राष्ट्रिय मञ्च बन्नेछ।

For More:- NADA Auto Show 2025 Flying Cars


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *