नबिल बैंकद्वारा ४१औं वार्षिकोत्सवमा ‘नबिल स्मार्ट नारी घर कर्जा’ योजना सार्वजनिक

Nabil Smart Nari Ghar Karja
Share It On:

३२ असार, काठमाडौं ।

नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंकले आफ्नो ४१औं वार्षिकोत्सवको अवसरमा महिलाहरुलाई लक्षित गरी नयाँ आवास कर्जा योजना ‘नबिल स्मार्ट नारी घर कर्जा’ सार्वजनिक गरेको छ।

अब महिलाहरूको आफ्नै नाममा घर बनाउने सपना पुरा गर्न सहज प्रक्रिया र सुविधासहितको यो योजना लागू गरिएको बैंकले जानकारी दिएको छ। स्वाभिमानको पहिचान, आफ्नै नाममा घर बनाउने नयाँ सुरुवात भन्ने नाराका साथ ल्याइएको यो कर्जाले महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

योजनाका मुख्य विशेषताहरू:

  • किस्ता रकम आफ्नै रोजाइमा तय गर्न सकिने

  • अधिकतम ३५ वर्षसम्मको सहज अवधि

  • सेवा शुल्क मात्र ०.५%

  • निःशुल्क पूर्वभुक्तानी सुविधा

  • २ लाखसम्मको लाइफटाइम फ्री क्रेडिट कार्ड

  • अन्य विशेष सुविधाहरू समेत उपलब्ध

यो योजनाले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन र उनीहरूको आत्मसम्मान बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। घरको स्वामित्व प्राप्त गर्ने महिलाहरूको सपनालाई यथार्थमा परिणत गर्न यो कर्जा एक महत्त्वपूर्ण कदम हुने बैंकले विश्वास लिएको छ।

For More:-Nabil Smart Nari Ghar Karja


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *