नबिल बैंकले तीनवटा भिसा अवार्ड जित्यो
१२ मंसिर, काठमाडौं।
नबिल बैंकले यस वर्ष भिसा इन्टरनेशनलद्वारा प्रदान गरिएका तीनवटा महत्वपूर्ण अवार्ड जितेको छ। बैंकले Excellence in Consumer Debit Cards Business Principal Client, Excellence in Contactless Issuing, र Excellence in E–Commerce Acquiring Business Principal Client विधामा अवार्ड प्राप्त गरेको हो।
काठमाडौँस्थित मेरियट होटलमा आयोजित कार्यक्रममा बैंकलाई अवार्ड प्रदान गरिएको थियो। विगतमा पनि नबिल बैंकले यी विधामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
अवार्ड ग्रहण गर्दै नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले यस उपलब्धिले बैंकलाई थप ऊर्जा दिएको बताए। उनले अवार्डको श्रेय बैंकका कार्ड ग्राहक, व्यवसायी र कर्मचारीहरूलाई दिएको पनि बताए।
भिसा इन्टरनेशनल विश्वभर परिचित कार्ड प्रदायक कम्पनी हो। नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना हुँदै आएको छ, जहाँ नेपालका बैंक, वित्तीय संस्था, फिनटेक र ई–कमर्स क्षेत्रमा भिसा कार्डको प्रयोगको समीक्षा गरिन्छ।
नबिल बैंक नेपालकै एक अग्रणी बैंक हो। बैंकले देशभर २६८ शाखा र ३२१ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।
विगत चार दशकदेखि नबिल बैंकले नयाँ बैंकिङ सेवाहरू सुरु गर्दै आएको छ र नेपालको बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।



