नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई २ थान उद्धार वाहन सहयोग

Nabil Bank donating Manab Sewa
Share It On:

२६ असार,  काठमाडौं ।

नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई दुई उद्धार वाहन हस्तान्तरण गर्‍यो। अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगाना, र नायब सिइओ मनोजकुमार ज्ञवालीले साँचो हस्तान्तरण गरे। यस सहयोगले बेसहारा व्यक्तिहरूको उद्धार र सेवामा महत्वपूर्ण योगदान पुर्याउनेछ।

बैंकका सिइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैंक सधैं मानव सेवाका कार्यहरूमा तयार रहेको बताए। उनले मानव सेवाआश्रमलाई सहयोग गर्न पाउनु समाज-प्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न नबिल बैंक इच्छुक रहेको बताए।

नबिल बैंकले मानव सेवा आश्रमलाई दुई उद्धार वाहन प्रदान 

नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले मानव सेवा आश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए।

मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाए। नबिल बैंकबाट प्राप्त गाडीहरूले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने बताए।

“सडक आश्रित व्यक्तिहरूको उद्धार तथा उपचारका लागि ट्याक्सी लगायतका सवारी साधनले आनाकानी गर्दा समस्या भइरहेको थियो। अब यी गाडी प्राप्त भएपछि सेवा सहज र शीघ्र बनाउन सकिने विश्वास छ। यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौँ,“उनले भने।

मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पुर्याउँदै आएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसहरूलाई सवारी साधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताइन्। उनले नबिल बैंकबाट प्राप्त सवारी साधनले ती व्यक्तिहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने बताइन्।

२०६९ साल देखि सञ्चालनमा आएको मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी ७,००० भन्दा बढीलाई आश्रय दिएको छ। सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, र पालन-पोषणका कार्यहरू दाताहरूको सहयोगमा गर्दै आएको आश्रमलाई नबिल बैंकको सहयोगले सेवाको गुणस्तर र गति बढाउन महत्वपूर्ण योगदान पुर्याउने अध्यक्ष अधिकारीले बताए।

मंगलबार नबिल बैंकका पदाधिकारीहरूले आश्रममा आश्रित लाभग्राहीहरूलाई खाना समेत वितरण गरे। नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष अति आवश्यक मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *