३० असार, काठमाडौं ।
नबिल बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्कासन खुला गर्ने भएको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । प्रतिइकाइ १ हजार रुपैयाँ दरमा ३० लाख इकाइ ऋणपत्र जारी गर्ने भएको बैंकको सूचनामा उल्लेख छ।
यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघ-संस्थालाई बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला गर्नेछ । बैंकले ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको ‘नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो।
लगानीकर्ताले यो ऋणपत्रमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।
बैंकले ८ वर्ष अवधि तथा वार्षिक ७ प्रतिशत ब्याजदर रहेको नबिल डिबेन्चर २०८९ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । यसमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ ।
यस ऋणपत्रमा साउन ९ सम्म आवेदन दिन सकिने तोकिएको समय बिक्री नभए साउन २० सम्म खुला रहनेछ। जसमा न्यूनतम २५ देखि अधिकतम १२ लाख इकाइसम्म आवेदन दिन सकिनेछ ।
For More:-Nabil Bank Debenture Application Guide