३६ दिनमा ‘वरिष्ठ बलराम’को इन्डक्ल्याप: दयाहाङ र विजयको ‘वरिष्ठ बलराम’ को छायांकन सम्पन्न

Must-Watch Nepali Movies
Share It On:

२७ चैत, काठमाडौं।

सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो ।

“हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने, “अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौँ ।”

सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जनप्रदान हुने निर्देशक पौडेलले बताए।

चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहेको छ ।

‘वरिष्ठ बलराम’ले यसअघि नै रिलिज डेट लिइसकेको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो ।

आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहने चलचित्रको कथा महेश दवाडीले लेखेका छन् ।

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’मा डिओपी मानकृष्ण महर्जनको छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको कोरियोग्राफी रहेको छ ।

‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्यमा निर्माण भएको हो ।

यो चलचित्रलाई काठामाडौं उपत्यकामा डिसिएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीव्युसनले वितरण गर्ने भएका छन् ।

For more: Must-Watch Nepali Movie


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *