मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई पोखराको अन्नपूर्ण केवलकारमा विशेष छुट
२३ जेठ २०७९, काठमाडौं ।
मुक्तिनाथ विकास बैंक लि. ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन पोखरा अन्नपूर्ण केवलका सँग केवलकारको सेवामा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी एक कार्यक्रम बीच सम्झौता गरेको छ ।
पोखराकोे सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केवलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केवलकारको टप स्टेसन सराङकोटमा स्विइङ, स्काई साइकिलिङ, टावर रेष्टुरेन्ट लगायतका अन्य विभिन्न सेवाहरु उपलब्ध छ ।
उक्त कार्यक्रममा बैंकका तर्फबाट गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी र अन्य कर्मचारीहरुको उपस्थिति तथा अन्नपूर्ण केवलकारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।
Advertisement
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले पोखरा अन्नपूर्ण केवलकारमा केवलकारको सुविधामा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेशिन बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

