चोटका कारण एमएस धोनीले आईपीएल २०२६ का सुरुवाती खेलहरू गुमाउने
१४ चैत, काठमाडौँ।
भारतीय क्रिकेटका आइकन तथा चेन्नई सुपर किंग्सका पूर्वकप्तान एमएस धोनीले पिँडुलाको मांसपेशीमा लागेको चोटका कारण इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने भएका छन् । फ्रेन्चाइज टोली चेन्नईले शनिबार एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ ।
चेन्नई सुपर किंग्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एमएस धोनी हाल पिँडुलाको चोटका कारण पुनस्र्थापना प्रक्रियामा छन् । फलस्वरूप, उनले टाटा आईपीएल २०२६ का सुरुवाती दुई हप्ताका खेलहरू गुमाउने सम्भावना छ । चेन्नईले यस सिजनको आफ्नो पहिलो खेल मार्च ३० मा गुवाहाटीमा सन् २००८ को च्याम्पियन राजस्थान रायल्स विरुद्ध खेल्दै सुरुवात गर्नेछ । यसपटकको आईपीएलमा केही रोचक ’ट्रेड’ ९खेलाडी साटासाट० देखिएका छन् ।
राजस्थानका पूर्वकप्तान सन्जु सामसन अब चेन्नई सुपर किंग्समा आबद्ध भएका छन् भने चेन्नईका दिग्गज खेलाडी रवीन्द्र जडेजा ट्रेडमार्फत आफ्नो पुरानो टोली राजस्थान रोयल्स फर्किएका छन्। यस्तै, इंग्लिस अलराउन्डर साम करन पनि चेन्नईबाट राजस्थान पुगेका छन्, तर उनी चोटका कारण यो सिजन उपलब्ध हुने छैनन्।
धोनीको अन्तिम सिजन हुनसक्ने अनुमान
धोनीको घुँडाको समस्या र बढ्दो उमेरका कारण यो सिजन उनको खेल जीवनकै अन्तिम आईपीएल हुन सक्ने चर्चा सुरु भएको छ । हालै चेपौक स्टेडियममा आयोजित फ्यान इभेन्टमा धोनी आफैंले आफ्नो फिटनेसको स्तर खस्कँदै गएको स्वीकार गरेका थिए । फिटनेस र स्वास्थ्यलाई मध्यनजर गर्दै पछिल्लो समय उनले ब्याटिङ अर्डरमा तल झरेर अन्तिम ओभरहरूमा मात्र ठूला सटहरू प्रहार गर्ने रणनीति अपनाउँदै आएका छन् ।
चेन्नईले विकेटकिपर ब्याटरको रूपमा सन्जु सामसनलाई टोलीमा भित्र्याउनु र अनक्याप्ड खेलाडी कार्तिक शर्मालाई १४।२० करोड रुपैयाँमा खरिद गर्नुले पनि टोली धोनीपछिको भविष्यको तयारीमा लागेको प्रस्ट हुन्छ ।
धोनीको आईपीएल करियर
धोनीले अहिलेसम्म २७८ आईपीएल खेलका २४२ इनिङ्समा ३८।३० को औसत र १३७।४५ को स्ट्राइक रेटले कूल ५,४३९ रन बनाएका छन् । जसमा २४ वटा अर्धशतक समावेश छन् भने उनको उच्च स्कोर ८४८ रहेको छ । उनी आईपीएल इतिहासकै छैटौं धेरै रन बनाउने खेलाडी हुन् । अघिल्लो सिजनमा उनले १३ इनिङ्समा १९६ रन बनाएका थिए । एएनआई
For More:-MS Dhoni IPL Injury


