मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसन समापन
२५ असार, काठमाडौं।
विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन समपर्न भएको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ ।
Advertisement
उपत्यका लगायत मोफसलका विभिन्न ठाउवाट काठमाडौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताइन ।
विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उनले बताइन । उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाडौंमा हुनेछ । उक्त प्रतियोगितामा सहभागीताको लागि आवेदन फारम पनि खुल्ला गरेको छ ।

