NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा मोर्बिडेली नेपालद्वारा T352X र T252X को सार्वजनिक

Morbidelli T352X T252X launch
Share It On:

२२ साउन, काठमाडौं।

मोर्बिडेली नेपालले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी NAIMA नेपाल मोबिलिटी एक्स्पो 2025 मा आफ्ना दुई नयाँ साहसिक मोटरसाइकलहरू — T352XT252X — सार्वजनिक गर्दै नेपाली बजारमा ठूलो प्रवेश गरेको घोषणा गरेको छ। इटालियन डिजाइन र अत्याधुनिक प्रविधिमा आधारित यी मोटरसाइकलहरू नेपालका भू-भाग र सडक अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएका छन्।

मोर्बिडेली नेपालका सेल्स तथा मार्केटिंग म्यानेजर नवराज घिमिरेले कार्यक्रममा भने,

“T352X र T252X मार्फत हामी नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय स्तरको साहसिक अनुभव दिने लक्ष्यसहित अघि बढेका छौं। यी मोडेलहरूले नेपाली भूगोलमा रोमाञ्चक र सुरक्षित यात्रा सुनिश्चित गर्नेछन्।”

MORBIDELLI T352X: साहसिक यात्राका लागि भरपर्दो साथ

T352X मध्यम आकारको एड्भेन्चर मोटरसाइकल हो, जसले चुनौतीपूर्ण भू-भागहरूमा समेत उच्च प्रदर्शन र सन्तुलन प्रदान गर्छ।

मुख्य विशेषताहरू:

  • ३४९.२ सीसी ट्विन-सिलिन्डर, ८-भल्भ इन्जिन
  • ४०.९ एचपी @ ८,५०० आरपीएम | ३१.५ एनएम टर्क
  • ६-स्पीड गियरबक्स
  • बोश डुअल च्यानल ABS, स्लिपर क्लच
  • मोर्बिडेली कनेक्ट एपसँग एकीकृत ७-इन्च TFT डिस्प्ले
  • पिरेली स्कॉर्पियन टायर, USD फ्रन्ट फोर्क, मल्टि-लिङ्क रियर सस्पेन्सन
  • १८ लिटर इन्धन ट्याङ्की

शोरूम मूल्य: रू. ९,९७,०००/-
एक्स्पो अफर मूल्य: रू. ९,२३,०००/- (NAIMA एक्स्पो अवधिभर)

MORBIDELLI T252X: शहरी युवा राइडरहरूको लागि स्टाइल सुविधा

T252X विशेषगरी प्रारम्भिक र युवा राइडरहरूको लागि डिजाइन गरिएको छ, जसले स्टाइल, सहजता र किफायती मूल्यमा उत्कृष्ट अनुभव प्रदान गर्छ।

मुख्य विशेषताहरू:

  • २४९ सीसी ट्विन-सिलिन्डर, लिक्विड-कूल्ड इन्जिन
  • ३३.५ एचपी @ १२,००० RPM | २१.५ एनएम टर्क
  • ६-स्पीड गियरबक्स
  • डुअल च्यानल ABS, स्लिपर क्लच
  • USD फ्रन्ट फोर्क, १७ इन्च एलोय ह्वील
  • TFT डिजिटल डिस्प्ले

ग्राहक सेवामा प्रतिबद्धता

मोर्बिडेली नेपालले बिक्री पछिको सेवालाई उच्च प्राथमिकतामा राख्दै देशभर स्पेयर पार्ट्सको सहज उपलब्धता र सेवा केन्द्रहरूको सञ्जाल विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
हामी सेवा गुणस्तरमा सुधार ल्याउँदै ग्राहक सन्तुष्टि सुनिश्चित गर्न प्रतिबद्ध छौं,” घिमिरेले थपे।

NAIMA एक्स्पो विशेष अफरहरू

स्टल नं. C5 मा पुग्ने आगन्तुकहरूले:

  • मोर्बिडेली तथा बेनेलिका मोटरसाइकलहरूमा विशेष छुट पाउन सक्नेछन्
  • बेनेलिका केही मोडेलमा रू. लाखसम्म छुट उपलब्ध छ
  • निःशुल्क टेस्ट राइड, बुकिङमा उपहार, र विशेष डिलहरू प्राप्त गर्न सकिनेछ

For More:-Morbidelli T352X and T252X launch Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts