महालक्ष्मी विकास बैंक ‘उत्कृष्ट बैंकिङ नवप्रवर्तन’ अवार्डबाट सम्मानित: भारत-नेपाल भुक्तानीमा नयाँ सफलता
२३ मंसिर, काठमाडौं ।
महालक्ष्मी विकास बैंक (Mahalakshmi Bikas Bank) लाई ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ विधामा India Business Awards 2025 बाट अन्तर्राष्ट्रिय सम्मान। सीमा-पार भुक्तानी र रेमिटेन्स अभिवृद्धिमा बैंकको उत्कृष्ट कार्य।
डिसेम्बर ७, २०२५ मा भारतको नयाँदिल्लीमा आयोजित एक कार्यक्रमका बीच इण्डिया बिजनेस अवार्डस २०२५ कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको हो।
महालक्ष्मी विकास बैंकको तर्फबाट यस बैंकका वरिष्ठ अधिकृतहरूले उक्त सम्मान ग्रहण गरेका हुन्। बैंकले बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैंकिङ सेवामा नवप्रवर्तनका कार्यहरू गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिया उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड बैंकले प्राप्त गर्न सफल भएको हो।
दुई देश बीच सीमा–पार वित्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरू गर्दै आएको यस महालक्ष्मी विकास बैंकलाई यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।
नेपाल र भारत बीच सीमापार भुक्तानीमा आबद्ध भएसँगै यस अवार्डको प्राप्ति बैंकको लागि थप महत्वपूर्ण सावित हुने विश्वास समेत बैंकले लिएको छ। हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो ।
For more: MLBL International Award 2025



