अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो धारणा राखेका हुन्।
उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मा वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्य उपचार सम्बन्धी विषय उठाइएको र आगामी सभामा नेपालले यसलाई प्रस्ताव गर्ने जानकारी दिएका छन्।
मन्त्री पौडेलका अनुसार, हाल साढे १३ हजारले डायलाइसिस गरिरहेकामा करिब ८ हजार श्रमिक वैदेशिक रोजगारीबाट फर्केका हुन्। अनौपचारिक तथ्यांकअनुसार, डायलाइसिस गरिरहने ३० हजार मध्ये अधिकांश वैदेशिक रोजगारीमा गएका श्रमिक रहेका छन्। उनले भने, “जसले काम लगाउँछ, त्यसैले उपचारको जिम्मा लिनुपर्छ। यस विषयलाई डब्लुएचओमा प्रस्ताव गर्नेछौँ।”
मन्त्री पौडेलले थपे कि विगतको तुलनामा नागरिकको स्वास्थ्य समस्या बढ्दै गएको छ, तर राज्यले स्वास्थ्य क्षेत्रमा प्राथमिकता नदिएको आरोप लगाए। स्वास्थ्य बीमामा २९ अर्ब आवश्यक रहे पनि सरकारले मात्र १० अर्ब छुट्याएको उल्लेख गर्दै योगदानमा आधारित स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्ने विचार व्यक्त गरे।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुमार कुँवरले रक्तदान केवल समाजप्रतिको जिम्मेवारी नभई जीवन बचाउने महान कार्य भएको बताए। वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्की र महासचिव अजय राइले अन्तर्राष्ट्रिय युवा दिवस केवल उत्सव नभई युवालाई समाज सेवामा सक्रिय बनाउने अवसर भएको बताए।
कार्यक्रममा ५० भन्दा बढीले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रम नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा समितिका अध्यक्ष दिपेन्द्र सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो। युवा समितिले देशभर विभिन्न कार्यक्रम आयोजना गरेर अन्तर्राष्ट्रिय युवा दिवस मनाएको जानकारी सुनारले दिएका छन्।
For More:-Migrant workers healthcare responsibility