अनलाइन सञ्चार माध्यम दर्ता र नविकरण अब सूचना विभागबाटै
९ असोज २०८२, काठमाडौं।
सरकारले अनलाइन सञ्चार माध्यमको दर्ता तथा नविकरण प्रक्रिया अब सूचना विभाग मार्फत गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघि जिल्ला प्रशासन कार्यालय मार्फत अनलाइन दर्ता गर्नुपर्ने व्यवस्था हटाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार अब अनलाइन दर्ता र नविकरणको सम्पूर्ण प्रक्रिया सूचना विभागबाटै सम्पन्न हुनेछ।
Advertisement
यससँगै छापाखाना तथा प्रकाशन सम्बन्धि ऐन २०४८ बमोजिम अनलाइन सञ्चार माध्यम दर्ता गर्ने प्रयोजनका लागि सूचना तथा प्रसारण बिभागको महानिर्देशकलाई स्थानीय अधिकारीको रुपमा तोक्ने लगायतका निर्णय आज भएको छ ।
यस निर्णयसँगै अब अनलाइन सञ्चार माध्यमको दर्ता र नविकरण प्रक्रिया सहज र केन्द्रीयकृत हुने अपेक्षा गरिएको छ।
For More:-Media Registration DOIB Nepal

