माछापुच्छ्रे बैंक लिमिटेडले २५औँ वार्षिकोत्सव मनाउँदै ग्राहक, सेयरधनी र शुभेच्छुकप्रति कृतज्ञता प्रकट
१७ असोज २०८२, काठमाडौं ।
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ। बैंकले २५ वर्षको ऐतिहासिक यात्रामा साथ, माया र विश्वास प्रदान गर्ने ग्राहकवर्ग, सेयरधनी, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक धन्यवाद प्रकट गरेको छ।
बैंकका अध्यक्ष रोशन के.सी. ले शुभकामना सन्देश जारी गर्दै भनेका छन्,
“२५ वर्षको ऐतिहासिक यात्रामा साथ, माया र विश्वास दिनुहुने ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय, कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु। अबको यात्रामा पनि ग्राहक आवश्यकतालाई प्राथमिकता दिँदै सरल, सुरक्षित र आधुनिक सेवा विस्तार गर्दै अघि बढ्ने हाम्रो दृढ प्रतिबद्धता छ।”
उनले बैंकको उपलब्धिहरू ग्राहक, कर्मचारी, नियामक निकाय तथा सेयरधनीहरूको निरन्तर समर्थनकै कारण सम्भव भएको उल्लेख गरे। बैंकले विगत २५ वर्षमा आफ्नो सेवा–सुविधा देशभर विस्तार गर्दै वित्तीय पहुँच अभिवृद्धि गर्न योगदान दिएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहकवर्ग, नियामक निकाय, सेयरधनी महानुभावहरू, कर्मचारी तथा शुभेच्छुकहरूलाई हार्दिक आभार व्यक्त गरेको छ। बैंकले आगामी दिनहरूमा पनि ग्राहक आवश्यकता र अपेक्षालाई प्राथमिकता दिँदै सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा विस्तार गर्ने दृढ प्रतिबद्धता जनाएको छ।
माछापुच्छ्रे बैंक हाल डिजिटल र स्मार्ट बैंकिङ प्रवर्द्धनमा अग्रणी बैंकमध्ये एक हो। यसले MBL SmartBank मार्फत नयाँ प्रविधि र ग्राहकमैत्री सेवा विस्तार गरिरहेको छ।
For more: MBL 25th Anniversary