एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

MAW Hire Purchase Honor
Share It On:

९ मंसिर, काठमाडौँ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेजलाई यस वर्षको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ।

१३औँ राष्ट्रिय कर दिवस तथा कर सप्ताहको समापन समारोहमा कार्यालयले एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो। प्रमुख कर अधिकृत भूपालराज शाक्य र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराईलाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए।

नेपाल राष्ट्र बैंकको इजाजतपत्र प्राप्त एमएडब्लू हायर पर्चेज वि.सं. २०६८ मा स्थापना भएको हो। कम्पनीले सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू प्रदान गर्दै साना तथा मझौला उद्यमीहरूलाई व्यवसायिक सवारीसाधन र भारी उपकरणको वित्तीय समाधान उपलब्ध गराउँदै आएको छ।

एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीका रूपमा स्थापना भएको यो कम्पनीले साना तथा मझौला उद्यमीहरूलाई वित्तीय लक्ष्य हासिल गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

For more: MAW Hire Purchase Honored


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *