SCT–UPI कार्डधारीलाई माउलाकाली केबलकारमा १०% छुट

Maulakali Cable Car SCT UPI discounts
Share It On:

३ असार, काठमाडौं । 

स्मार्ट च्वाइस टेक्नोलोजिज (SCT) ले आफ्नो SCT–UPI कार्ड प्रयोगकर्ताहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत, SCT–UPI कार्डधारीहरूलाई माउलाकाली केबलकार सेवा उपयोग गर्दा १० प्रतिशतको छुट उपलब्ध हुनेछ।

सन् 2024 देखि सञ्चालनमा आएको माउलाकाली केबलकार सेवामा यो छुट लागू गरिँदैछ। यस छुटको लाभ उठाउन, ग्राहकहरूले SCT–UPI कार्ड मार्फत POS मेसिनबाट टिकट खरिद गर्नु पर्नेछ।

स्मार्ट च्वाइस टेक्नोलोजिज (SCT) ले हालसम्म नेपालका 21 भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरी SCT–UPI कार्ड जारी गर्दै आएको छ। यस सेवाले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्नुका साथै प्रयोगकर्ताहरूलाई थप सहजता र सुविधा प्रदान गर्दै आएको छ।

यो छुट योजना SCT–UPI कार्ड प्रयोगकर्ताहरूको लाभका लागि ल्याइएको हो र यसले डिजिटल भुक्तानीलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। कार्डधारीहरूले यो छुट विभिन्न POS मेसिन रहेका स्थानमा सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

For more: Maulakali Cable Car SCT UPI discount


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *