परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको १७ बुँदे निर्णय: टोकन सिस्टमदेखि क्युआर कोडसम्मको नयाँ व्यवस्था
२० चैत, काठमाडौँ।
बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएसँगै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सेवा प्रवाह र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १७ बुँदे कडा निर्णय सार्वजनिक गरेको छ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीको नेतृत्वमा बसेको विभागीय प्रमुख र नर्सिङ इन्चार्जहरूको बैठकले चिकित्सक तथा कर्मचारीहरूलाई निर्धारित समयमै ड्युटीमा उपस्थित हुनुपर्ने, औषधि तथा सामग्रीको सिफारिस स्पष्ट बुझिने गरी लेख्नुपर्ने र ड्युटीमा रहेका चिकित्सकहरूको नामावली बोर्डमा अनिवार्य राख्नुपर्ने व्यवस्था गरेको छ।
सेवाग्राहीको सहजता र कार्यसम्पादनमा पारदर्शिता ल्याउन, ल्याइएको यो नयाँ नियमले अस्पतालको आन्तरिक व्यवस्थापनमा व्यापक सुधार ल्याउने अपेक्षा गरिएको छ।
यी हुन् परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल सुधारका लागि प्रसूती गृहले गरेको १७ बुँदे निर्णय
१. अस्पतालले तोकेको ड्यूटी तालिकाअनुसार आफ्नो तोकिएको समयमा नै कार्यालय उपस्थित भई कार्यसम्पादन सुरु गर्ने तथा तोकिएको समयसम्म बसी कार्यसम्पादन गर्ने, गराउने ।
२. आफै तथा आफू माताहतका कर्मचारीहरुलाई आ आफ्नो कार्यक्षेत्र अनुसार वा नेपाल सरकारले तोके अनुसार पोसाक (युनिफर्म)- एप्रोन तथा परिचयपत्र अनिवार्य लगाइ कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने ।
३. अस्पतालमा सेवाग्राहीहरुलाई सेवा दिँदा चिकित्सकहरुले औषधी तथा औषधीजन्य सामानहरुको सिफारिस गर्दा स्पष्ट बुझ्ने गरी Generic Name मा Prescription लेख्ने,आ- आफ्नो नाम Upper Case मा उल्लेख गर्ने तथा NMC No.स्पष्ट हुने गरी लेख्न सम्बन्धीत चिकित्सकहरुलाई विभागीय प्रमुख तथा युनिट प्रमुख मार्फत जानकारी गर्ने गराउने । तथा प्रेस्क्रिप्सन अडिटसमेत गर्ने, गराउने व्यवस्था मिलाउने ।
४. अस्पतालको नियमितरुपमा उपलब्ध हुने ओ पी डी सेवा सम्बन्धी गुनासोहरु सिधै मन्त्रालयसम्म पुग्ने गरेकोले चिकित्सकहरुले अस्पतालको ओपीडी सेवा संचालन भईरहेको समयमा Hand Over तथा Take Over लिने दिने नगरी ओ पी डी समय अघि वा पछी Hand Over तथा Take Over गर्ने गराउने व्यवस्था मिलाउने।
५. दैनिक सेवा प्रवाहसँग सम्बन्धीत रही प्रत्यक्ष सेवाग्राही जोडिने स्थानहरुमा खाजा समयमा सेवा पूर्णरुपमा बन्द नहुने गरी आलो पालो गरी खाजा खाने व्यवस्था मिलाउने ।
६. रात्रीकालिन ड्यूटी नगर्ने कर्मचारीले अनिवार्य रुपमा हप्ताको ४० घण्टा ड्यूटी हुने गरी दैनिक ७ घण्टा ड्यूटी गनुपर्ने हुँदा रात्रिकालिन रुपमा नपर्ने कर्मचारीले अनिवार्यरुपमा दैनिक ७ घण्टा (हप्तामा कम्तिमा ४० घण्टा) कार्यसम्पादन हुने व्यवस्था गर्ने गराउने ।
७. कार्यालयको कामले वा काम विषेशले अनिवार्य जानै पर्ने अवस्थामा ड्यूटी समयमा अस्पताल बाहिर जानुपर्ने भएमा अनिवार्य गएको र आएको समय उल्लेख हुने गरी सम्बीन्धत युनिटमा लग बुक राख्ने व्यवस्था मिलाउने ।
८. अस्पतालको सम्पूर्ण कर्मचारीहरुले आ आफ्नो कार्यक्षेत्र र तहबाट सेवा उपलब्ध गराउँदा शिष्ट भाषा, बोली तथा व्यवहारमा सेवा उपलब्ध गराउन सम्बन्धित कर्मचारीलाई निर्देशन गर्ने गराउने।
९. अस्पतालमा कार्यरत कर्मचारीले नियमानुसार विदा स्वीकृत गराए पश्चात मात्र विदा बस्न जानकारी गराउने अन्यथा गयल हुने।
१०. उपरोक्त बमोजिम समयमा कार्यालय नआउने, तोकिएको पोसाक नलगाउने, तोकिएको ड्यूटीस्थानमा नबस्ने सेवा उपलब्ध गराउँदा शिष्ट बोली व्यवहार नगर्ने कर्मचारीहरु अस्पताल तथा तालुक निकायबाट अनुगमनमा परेको बेला कैफियत फेला परेमा स्वयं जिम्मेवार हुने जानकारीसमेत आफू माताहतका कर्मचारीलाई जानकारी गराउने ।
११ सम्बन्धित वार्ड इन्चार्जले आफ्नो वार्डमा भएका औजार उपकरण तथा सरसामानहरु मर्मत गर्नुपर्ने भएमा सोको लागि अनिवार्य लगबुक राखि सम्बन्धित मर्मत गर्ने कर्मचारीलाई जानकारी गराउने र मर्मत भए नभएको आफू भन्दा माथिल्लो कर्मचारीलाई जानकारी गराउने व्यवस्था मिलाउने ।
१२. अस्पतालमा रहेका गुनासो पेटिकाहरु हप्तामा एक पटक खोल्ने र मुचुल्का उठाई रेकर्ड राखी गुनासो व्यवस्था गर्ने र आगामी दिनमा क्यूआर मार्फत गुनासो गर्न सक्ने सिस्टमको व्यवस्थागरी कार्यान्वयन गर्ने गराउने ।
१३. अस्पतालको आकस्मिक कक्ष तथा अप्रेशन थिएटर एवं ओ पी डी को ड्यूटीमा रहने चिकित्सकहरुको नाम लिष्टको बोर्ड बनाई सेवाग्राहीले देख्ने गरी राख्ने व्यवस्था गर्ने गराउने।
१४.अस्पतालको सर्जरीतर्फका सेवाशुल्कहरु कम्तीमा ओ पी डी अप्रेशन थिएटर तथा आकस्मिक कक्षको बाहिरपट्टी राख्ने व्यस्था मिलाउने ।
१५. अस्पतालमा आउने सेवाग्राहीहरुको सहजिकरणका लागि कुरुवाघरको पछाडी तर्फ २ वटा बाथरुम बनाउने तथा साविकमा भएका शौचालयको मर्मत गरी दुइ नं. गेट तर्फ एवं कुरुवाघर तर्फ अपाङ्गता भएका व्यक्तीहरुलाईसमेत सहज हुने गरी एक एक वटा कम्बोट राखी सौचालय मर्मत गर्ने व्यवस्था मिलाउने ।
१६. शौचालयहरुको सरसफाईका लागि चेक लिष्ट तयार गरी नियमित सरसफाई भए नभएको अनुगमन गर्ने- गराउने कामको लागि अस्पताल नर्सिङ्ग प्रमुख तथा वरिष्ठ नर्सिङ्ग अधिकृतज्यूलाई जिम्मेवारी दिने।
१७. सेवाग्राहीहरुको सहजिकरण गर्नको लागि अस्पतालको मूल गेट तथा जाईका भवनकोबीचमा रहने गरी एउटा हेल्पडेस्को व्यवस्था गर्ने र उक्त डेक्सबाट Navigation Map समेतको प्रिन्ट दिने व्यवस्था मिलाउने एवं हाल अस्पतालमा संचालन भईरहेको Token System लाई थप प्रभावकारी बनाउने व्यवस्था मिलाउने।
For More:-Maternity Hospital 17-Point


