१५ जेठ, काठमाडौं ।
बैंक तथा वित्तीय संस्थाले अनिवार्य ९० प्रतिशत नगद मौज्दात राख्नुपर्ने भएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि अनिवार्य नगद मौज्दात दैनिक सीमा बढाउने उल्लेख गरेको थियो ।
सो अनुसार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै दैनिक कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात ९० प्रतिशत पुर्याउन भनेको हो ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गरेर नगद मौज्दात अनुपात ७० प्रतिशतको व्यवस्थालाई परिवर्तन गरेको हो ।
कुल निक्षेप दायित्वको ४ प्रतिशत राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख, ग वर्गका संस्थाहरूले अनिवार्य रूपमा राष्ट्र बैंकमा राख्नुपर्ने पहिलेकै व्यवस्थामा अहिले निर्देशिका
संशोधन गरेर राष्ट्र बैंकले हिस्सा बढाएको हो । यसले गर्दा बजारमा रहेको अधिक तरलतामा केही कम हुने राष्ट्र बैंकको अपेक्षा छ ।