दशैंमा मनकामना केबलकार सेवा अस्थायी रूपमा बन्द: कहिलेदेखि खुल्छ?
१२ असोज २०८२, काठमाडौं।
मनकामना जाने केबलकार सेवा दशैंको अवसरमा अस्थायी रूपमा बन्द हुने भएको छ।
मनकामना केबलकार प्रालिका अनुसार, असोज १५ गते महानवमी (October 1st), १६ गते विजयादशमी (October 2nd) र १७ गते एकादशी (October 3rd) का दिन केबलकार सञ्चालन रोकिने छ।
कम्पनीले असुविधाप्रति क्षमायाचना गर्दै, नियमित सेवा असोज १८ गते (शनिबार) देखि पुनः सुरु हुने जानकारी दिएको छ।
मनकामना केबलकार परिवारले यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै सहज र व्यवस्थित सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
साथै, विजयादशमी तथा बडादशैंको अवसरमा आफ्ना सेवाग्राही, व्यवसायिक साझेदार र शुभेच्छुकहरूलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना समेत व्यक्त गरेको छ।
For More:-Manakamana Cable Car Dashain