महालक्ष्मी विकास बैंकद्वारा दरबारमार्ग प्रहरी वृत्त भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग
३ असोज, काठमाडौं।
महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाण्डौंको भवनको पुर्ननिर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको छ ।
दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनत्तम प्रशासनिक कार्यहरु गर्न कठिनाई भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरु गर्न आर्थिक सहयोग गरिएको हो ।
यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भईरहेको पुर्ननिर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुर्ननिर्माण तथा मर्मत सम्भारको प्रयासमा एक ईटा थप हुने विश्वास बैंकले लिएको छ ।
साथै बैंकको सम्पुर्ण सेवाहरु पुर्ण रुपमा सञ्चालनमा आईसकेको तथा डिजिटल बैकिङ्ग सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको व्यहोरा समेत जानकारी गराईन्छ ।
नेपाली जनताको घरदैलोमा अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको लेकसाईड शाखा बाहेक १०२ शाखा कार्यालयहरु हाल सञ्चालनमा रहेका छन् ।
For More:-Mahalaxmi Bank Police Reconstruction