महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट
२३ असोज २०८२, काठमाडौं ।
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै र्याडिसन होटल लाजिम्पाट, काठमाडौं सँगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने समझदारी गरेको छ।
नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा पुर्याउँदै आएको बैंकले स्वास्थ्य, रेष्टुरेन्ट लगायतका विभिन्न क्षेत्रसँग समन्वय गरी ग्राहकहरूलाई थप सुविधा दिने उद्देश्यका साथ यो सहकार्य अघि बढाएको हो।
सम्झौताअनुसार, महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले र्याडिसन एयरपोर्ट लाउन्जका साथै होटलका अन्य सेवाहरूमा पनि विशेष छुट पाउनेछन्।
लाउन्ज सेवामा १५ प्रतिशत, खाद्य तथा पेय पदार्थमा (इजाकाया होकाइडो होटल समेत) २० प्रतिशत, पेस्ट्री खरिदमा १५ प्रतिशत, ट्र्यानक्विलिटी स्पा सेवामा १५ प्रतिशत, र फिटनेस सेन्टर (जिम) मा २० प्रतिशत सम्मको छुट समावेश गरिएको छ।
Advertisement
यस सहकार्यबाट बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले जनाएको छ।
साथै, बैंकले हालै आफ्ना क्रेडिट कार्ड धारकहरूका लागि विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा सहज भुक्तानीको व्यवस्था पनि गरेको छ।
यस योजनाअन्तर्गत, ग्राहकहरूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकम ६ महिना देखि १२ महिना सम्म मासिक किस्तामा तिर्न सक्नेछन्, जसले वित्तीय सुविधा र लचिलो भुक्तानीमा सहयोग पुर्याउनेछ।
For More:-Mahalaxmi Bikas Bank Radisson Lounge

