२७ असार, काठमाडौं।
माछापुच्छ्रे बैंकले सुदूरपश्चिम महाकाली प्रादेशिक अस्पताललाई बैंकको संस्थागत उत्तरदायित्वअन्तर्गत वाटर चिलर हस्तान्तरण गरेको छ ।
गर्मीको मौसमलाई ध्यानमा राखी अस्पतालमा उपचारका लागि आउने बिरामी, तिनका कुरुवा तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्न बैंकले उक्त सहयोग प्रदान गरेको हो ।
बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनीष उपाध्याय र स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्रसिंह कार्कीले शुक्रबार महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।
उक्त अस्पतालमा दैनिक सयौं सेवाग्राहीहरूको आवागमन हुने तर स्वच्छ पिउने पानीको व्यवस्था नहुँदा समस्या देखा परेको जानकारीपश्चात बैंकले उक्त वाटर चिलर प्रदान गरेको हो ।
बैंकले स्वास्थ्य सेवा प्राप्त गर्न आउने सर्वसाधारणहरूलाई प्रत्यक्ष लाभ पुर्याउने अपेक्षा गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।