१९ साउन, काठमाडौं।
एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत गण्डकी प्रदेशस्थित मानवसेवा आश्रमलाई एक हजार लिटरको सौर्य (सोलार) प्रणाली र सोलार बत्तीहरू प्रदान गरेको छ।
पोखरामा आयोजित एक कार्यक्रमका बीच बैंकले ती सामग्रीहरू हस्तान्तरण गरेको हो। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय विन्दुकुमार थापाले दीप प्रज्वलन गरी गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द यघलमुरेले गर्नुभएको थियो। सो अवसरमा बैंकका संस्थापक शेयरधनीहरू, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीसहित बैंकका अन्य कर्मचारी र आश्रमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
एनएमबि बैंकले दिगो विकासलाई प्राथमिकता दिँदै यस वर्षको साउन महिनालाई ‘ग्रीन मन्थ’ (Green Month) को रूपमा मनाइरहेको छ। सोही अभियानअन्तर्गत यो सहयोग कार्यक्रम सम्पन्न भएको हो। बैंकले यस्तै प्रकारका अन्य कार्यक्रमहरू पनि देशका विभिन्न प्रदेशहरूमा सञ्चालन गरिरहेको जनाएको छ।
हाल एनएमबि बैंकले देशभरी २०२ शाखाहरू, १८७ एटीएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गरिरहेको छ।