CSITABMC काे आयोजनामा लुम्बिनीमा पहिलोपटक ‘Lumbini Tech Month’ एक महिनाभरि विविध IT Workshops
२३ पुष २०८२, काठमाडौं ।
CSIT Association of Butwal Multiple Campus ले प्रविधि, युवा सीप विकास र व्यक्तित्व विकासमा केन्द्रित रहेर विभिन्न गतिविधिहरू समावेश गरी लुम्बिनी प्रदेश क्षेत्रमा पहिलोपटक एक महिना लामो IT Workshop, 𝗟𝘂𝗺𝗯𝗶𝗻𝗶 𝗧𝗲𝗰𝗵 𝗠𝗼𝗻𝘁𝗵 𝟮𝟬𝟴𝟮 आयोजना गर्न लागेको छ।
कार्यक्रममा Code Week, No Code Week र Personal Development Week सञ्चालन हुनेछन्। Code Week मा Programming र डिजिटल प्रविधिसम्बन्धी तालिम रहनेछन् भने No Code Week मा Coding Knowledge नचाहिने अन्य टुल्सहरुमार्फत डिजिटल समाधानको खोजी र विकाससम्बन्धी सेसनहरू हुनेछन् ।
Personal Development Week मा Career Guiding, नेतृत्व विकास, सार्वजनिकरुपमा बोल्ने कला तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रमहरू समावेश हुने जनाइएको छ।
यसैक्रममा सहभागीहरूको लागि Tech Treasure Hunt पनि आयोजना हुनेछ । यो सँगै यस महिना पश्चात data fellowship program पनि आयोजना गरिने छ जस अन्तर्गत Datacamp र Datacamp Donate को सहकार्यमा उत्कृट १०० सहभागी विद्यार्थीहरु लाई निःशुल्क छात्रवृत्ति प्रदान गरिनेछ ।
कार्यक्रममा देशका उत्कृष्ट विद्यार्थीहरू सहभागी हुने अनुमान गरिएको छ भने आयोजकहरूले उच्च स्तरीय तालिम र प्राविधिक सेसनको व्यवस्था गरी विद्यार्थी र युवालाई प्रविधि तथा नवप्रवर्तनतर्फ आकर्षित गर्ने प्रयास गरेको जनाइएको छ।
यो कार्यक्रम बुटवल बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको संघ CSIT Association of BMC द्दारा आयोजना गर्न लागिएको हो भने यस कार्यक्रमको शीर्ष प्रायोजक DearHive Technologies र सह-प्रायोजककाे रूपमा RNDHive रहेको जनाइएको छ।
Education Partner को रूपमा GitHub Education र Datacamp रहेको छन् भने यस कार्यक्रमको संरक्षकको रूपमा तिलोत्तमा नगरपालिका रहेको जनाइएको छ ।
कार्यक्रम सुरुको तीन हप्ता Online माध्यमबाट Online Workshop सञ्चालन हुनेछ भने एक हप्ता भौतिक रुपमा Umai Garden Resortमा सञ्चालन गर्न लागिएको छ ।
कार्यक्रमको समापन समारोहमा विभिन्न IT कम्पनी तथा कार्यक्षेत्रका विज्ञहरूद्वारा Speaking Session सञ्चालन गरिनेछ। साथै त्रिभुवन विश्वविद्यालयका डिन तथा प्रध्यापकहरू र उद्योगका विज्ञबीच पाठ्यक्रम र वास्तविक कार्यक्षेत्रबीचको अन्तरबारे अन्तरक्रिया साथै चर्चा गर्ने Panel Discussion समेत आयोजना गरिनेछ।
For more: Lumbini Tech Month 2082



