लुम्बिनी लायन्स क्लबको लोगो सार्वजनिक

Lumbini Lions New Logo
Share It On:

१६ असोज, काठमाडौं ।

नेपाल प्रिमियर लिगको सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स क्लबले आफ्नो लोगो सार्वजनिक गरेको छ । क्लबले आज आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त लोगो सार्वजनिक गरेको हो ।

Lumbini Lions New Logo 2081

नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित पौडेललाई लुम्बिनी लायन्सले मार्की खेलाडीका रुपमा साइन गरेको थियो ।

सार्वजनिक गरिएको नयाँ लोगोमा साहसी सिंहलाई प्रस्तुत गरिएको छ जसले टिमको शक्ति, साहस र लिगमा वर्चस्व कायम गर्ने दृढतालाई प्रस्तुत गरेको छ । लुम्बिनी लायन्सको सारलाई समेट्न डिजाइन गरिएको यस लोगोले क्लबले एकता र दृढताको भावना झल्काउँछ ।

लोगोको बारेमा बोल्दै लुम्बिनी लायन्स क्लबका चेयरम्यान ईश्वर जीसीले भन्नुभयो, “यो लोगोले हाम्रो मैदानमा खेल्ने लुम्बिनी लायन्स टिम मात्र नभई सम्पूर्ण लुम्बिनीको गौरवलाई प्रतिनिधित्व गर्छ । एनपिएलको यस पहिलो संकरणमा नै जितको झण्डा गाड्न हामी आशावादी छौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मा आठवटा टिम समावेश छन्। लिग मङसिर १६ देखि काठमाडौंमा सुरु हुँदैछ ।

For more: Lumbini Lions New Logo 2081


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *