लुम्बिनी लायन्स क्लबको कन्सल्ट्यान्ट कोचमा शक्ति गौचन नियुक्त

Lumbini Lions Nepali Cricket Legend
Share It On:

१९ असोज काठमाडौं ।

लुम्बिनी लायन्स क्लबले क्रिकेटर शत्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुफमा नियुक्त गरेको छ । हिल्टन काठमाडौँमा आज आयोजित एक विशेष कार्यत्रममा लुम्बिनी लायन्सले गौचनलाई नियुक्त गरेको हो ।

Lumbini Lions Nepali Cricket Legends

ऊक्त कार्यत्रममा क्रिकेटरहरु, खेलाडीहरु र पत्रकारहरु र खेल प्रेमीहरु उपस्थित थिए ।

यसबारे बोल्दै कोच गौचनले भन्नुभयो, “लुम्बिनी लायन्स क्लबमा कन्सल्ट्यान्ट कोचको रुपमा आबद्ध हुन पाउँदा म निकै उत्साहित छु । यो क्लबले धेरै सम्भावना बोकेको छ । खेलाडीहरुसँग मिलेर राम्रोसँग प्रशिक्षाण गरेर हाम्रो उद्धेश्यको निम्ती काम गर्ने चाहना छ ।

लुम्बिनी लायन्सले नेपाली क्रिकेटको गौरव र लगावलाई प्रतिनिधित्व गर्दछ । र यस यात्राको एक हिस्सा हुन पाउँदा म निकै खुशी छु ।”

त्यसै गरी क्लबका चेयरम्यान इश्वर जिसिले भन्नुभयो, “शक्ती गौचनलाई कन्सल्ट्यान्ट कोचको रुपमा नियुक्त गर्न पाउँदा हामी निकै उत्साहित छौँ । वहाँ धेरै युवा खेलाडीहरुको लागि प्रेरणाको श्रोत हुनुहुन्छ ।

फिल्ड भिक्र र बाहिर वहाँले जुन हिसाबले त्रिकेटलाई बुझ्नुभएको छ । त्यो ज्ञानले पक्कै पनि हाम्रो टिमलाई नयाँ उचाइमा पुर्‍याउनेछ ।” त्यसै गरी क्यानका सेक्रेटरी पारस खड्काले पनि भन्नुझयो, “शक्ती गौचनको नियुत्ति लुम्बिनी लायन्स र नेपाल क्रिकेटको लागि ठुलो उपलब्धी हो ।

वहाँको अनुभव र लगनशीलताले धेरै युवा खेलाडीहरुलाई प्रोत्साहन र हौसला मिल्नेछ ।

For more: Lumbini Lions Nepali Cricket Legend


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *