नन्दन फाडनिस लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा नियुक्त

Lumbini Lions Appoints Veteran
Share It On:

 ९ असोज, काठमाडौं ।

लुम्बिनी लायन्सले आगामी नेपाल प्रिमियर लिगका लागि नन्दन फाडनिसलाई मुख्य प्रशिक्षकको रूफमा नियुक्त गरेको छ । गोवा त्रिकेट संघमा खेलाडीहरूलाई प्रशिक्षण गरेका फाडनिसले यो भन्दा अगाडि नेपालको राष्ट्रिय क्रिकेट टिमलाई पनि प्रशिक्षण गरिसकेका छन्।

यसबारे बोल्दै हेड कोच नन्दन फाडनिसज्यूले भन्नुभयो, “लुम्बिनी लायन्स क्लबमा हेड कोचको रुपमा समावेश हुन पाउँदा म अत्यन्तै उत्साहित छु । रोहित पौडेलको कुशल नेतृत्वमा लुम्बिनी लायन्सले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।”

त्यस्तै क्लबका मालिक इश्वर जिसीज्यूले भन्नुभयो, “नन्दन फाडनिसलाई हेड कोचको रुपमा नियुक्त गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । वहाँले नेपाल र झारत दुवैको क्रिकेट र त्रिकेटरहरुलाई राम्रोसँग नियाल्नु भएको हुँदा क्लबको आगामी रणनिती तय गर्न निकै सहज हुनेछ ।

त्यस्तै भारतको राष्ट्रिय क्रिकेट एकेडेमीमा पनि प्रशिक्षण गरेको वहाँको अनुभवले हाम्रा खेलाडीहरुलार्ई विजय हासिल गर्न राम्रो मार्गदर्शन प्राप्त हुनेमा हामी विश्वस्त छौँ ।”

फाडनिसको उपस्थितीले लुम्बिनी लायन्सले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबले लिएको छ ।

For more: Lumbini Lions Appoints Veteran Nandan Phadnis


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *