लुम्बिनी विकास बैंकको चन्द्रौटा शाखामा आगलागी, बैंकिङ सेवा प्रभावित

Lumbini Bikas Bank branch fire
Share It On:

१० साउन, काठमाडौं।

लुम्बिनी विकास बैंक लिमिटेडको चन्द्रौटा शाखामा आज, २०८२ साउन १० गते शनिबार बिहान करिब ८ बजेको समयमा अचानक आगलागी हुँदा बैंकको भौतिक सम्पत्तिमा क्षति पुगेको छ।

बैंकद्वारा जारी ‘अत्यन्त जरुरी सूचना’ अनुसार, आगलागीबाट भौतिक संरचना र सामानमा क्षति पुगे पनि बैंकमा रहेको नगद र सम्पूर्ण कानुनी कागजातहरू भने पूर्ण रूपमा सुरक्षित रहेका छन्।

भौतिक क्षतिका कारण तत्कालका लागि बैंकिङ कारोबार सञ्चालनमा केही असहजता आएको बैंकले जनाएको छ। बैंकले आफ्ना सम्पूर्ण ग्राहक महानुभावहरूलाई अर्को व्यवस्था नभएसम्मका लागि नजिकका अन्य लुम्बिनी विकास बैंकका शाखाहरूबाट कारोबार गर्न अनुरोध गरेको छ।

बैंकले यथासम्भव छिटो, भोलिबाटै (२०८२ साउन ११ गते आइतबार) सीमित बैंकिङ कारोबार सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी पनि गराएको छ।

कारोबार सम्बन्धी थप जानकारीका लागि चन्द्रौटा शाखाका प्रमुख आमोद सुवेदीलाई फोन नम्बर ९८४१४८४६४६ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

For More:-Lumbini Bikas Bank branch fire


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *