Local Digital Agenda, How To Make A Smart City ? CAN Rupandehi

Share It On:

काठमाडौं । 
क्यान माहासंघ रुपन्देही साखाको नियमित बैठक सम्पन्न. क्यान माहासंघ रुपन्देही जिल्ला कार्यसमितिको नियमित बैठक सुक्रबार बुटवलमा सम्पन्न भएको छ।क्यान माहासंघ जिल्ला अध्यक्ष रोशन कंडेलको सभापतित्वो र सचिब माधब अर्यालको संचालनमा बैठक बसेको थियो। सो बैठकले क्यान माहसंगको गत पौष २५ मा काठमाडौँमा सम्पन्न रास्ट्रीय साधारण शभाको बिषयमा जिल्लाले जनाएको सहभागिता र खेलेको भूमिका साथै केन्द्रले क्यान रुपन्देहीलाई दिएको महत्तोको बिषयमा समिक्क्षा गरेको छ।
साथै माघ १५ देखि काठमाडौँमा हुने क्यान इन्फोटेकमा जिल्ला कमिटिको सहभागिताको लागि क्यान सेन्टर बाट आएको अनुरोध लाइ स्वीकार गर्दै अध्यक्षको नेत्रित्तोमा सम्पूर्ण जिल्ला कार्यसमितिले सहभागिता जनाउने निर्णय भएको छ ।
आजको बैठकले रुपन्देहीको बुटवल लाइ स्मार्ट-सिटि को रुपमा बिकाश गर्न क्यान  रुपन्देहीले अध्ययन र आबश्यक सहयोकोलागि केन्द्र संघ अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा  उपाध्यक्ष  रामुदेब गौतम ,  कोसाअध्यक्ष नारायण श्रेष्ठ , सहसचिब  रमेश  घिमिरे,का.स सुरेश चन्द्र भट्टराई ,जीवन अधिकारि र डी बि रायमाझी लगाएतले आफ्ना धारणा राख्नु भएको थियो ।
साथै बैठकले रुपन्देहीमा एक बर्ष भित्र संचालन गर्न सकिने विभिन्न कार्यक्रम हरुको सुची तयार गरि त्यसको बारेमा छलफल समेत गरेको छ ।

Share It On: