प्रभु क्यापिटलका हितग्राही खाताहरुलाई गुहेश्वरी डेन्टलमा बम्पर छुट

Multispecialty MoU
Share It On:

६ भदौ, काठमाडौं ।

प्रभु क्यापिटल लिमिटेडका हितग्राही खाताहरुलाई Guheswori Dental Multispecialty And Implant Hub Pvt. Ltd. मा बम्पर छुट दिइने भएकाे छ ।

प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राही ग्राहकहरुको Dental सम्बन्धी कुनै पनि उपचार गर्दा लाग्ने खर्चको लागि Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. सँग मिति २०८० साल भाद्र १ गते सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र Guheswori Dental Multispecialty And Implant Hub Pvt. Ltd. को तर्फबाट संचालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् । क्यापिटलका ग्राहकहरुले Guheswori Dental Multispecialty And Implant Hub Pvt. Ltd. मा सेवा लिँदा १५% छुट पाउन सक्छन् ।

यो योजनाबाट लाभ लिन हितग्राहीहरुले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारी सहित हितग्राही खाता नम्बर Guheswori Dental Multispeciality And Implant Hub Pvt. Ltd. लाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् ।

ललितपुर, पुलचोकमा रहेको Guheswori Dental Multispecialty And Implant Hub Pvt. Ltd., अत्याधुनिक उपकरणबाट सेवा प्रदान गरिरहेको छ ।

यस Guheswori Dental Multispecialty and Implant Hub Pvt. Ltd. बाट ग्राहकहरुले डेन्टल चेकअप, डेन्टल फिलिङ्ग, तिथ ब्लीचिंग, डेन्टल एक्सट्राक्सन, तथा अन्यसेवा लिन सकिने क्यापिटलले जनाएको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *