इक्यान निर्वाचन २०८२ : पौडेल र भुसाल समूहले घोषणा सभा गर्दै
२६ पुष २०८२, काठमाडौं ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी निर्वाचन २०८२ लाई लिएर दुई समूहबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । नेतृत्व दाबी गर्ने दुवै समूहले आ–आफ्ना उम्मेदवारसहित कार्यक्रमहरू सार्वजनिक गर्दै चुनावी माहोल तताइरहेका छन् ।
एकातर्फ लक्ष्मण पौडेल नेतृत्वको समूहले ‘सक्षम नेतृत्व, सशक्त इक्यान’ भन्ने नारासहित आफ्नो प्रतिबद्धता घोषणा सभा आयोजना गर्ने भएको छ ।
आज (शनिबार) साँझ ५ बजेदेखि काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा हुने उक्त कार्यक्रममा एजेन्डा प्रस्तुतिसँगै नेतृत्व प्रतिबद्धता सार्वजनिक गरिने जनाइएको छ ।
यस्तै अर्कोतर्फ दिपकराज भुसाल नेतृत्वको समूहले आजै आफ्ना उम्मेदवारहरूको औपचारिक घोषणा कार्यक्रम आयोजना गरेको छ ।
लाजिम्पाटस्थित र्याडिसन होटलमा साँझ ६ बजे स्वागत कार्यक्रम सुरु भई ६ः३० बजे उम्मेदवारी घोषणा गरिने जानकारी दिइएको छ । उक्त कार्यक्रमपछि डिनर तथा उम्मेदवारहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ ।
इक्यानको आगामी नेतृत्वका लागि दुवै समूह सक्रिय रूपमा मैदानमा उत्रिएसँगै निर्वाचनको प्रतिस्पर्धा रोचक बन्ने संकेत देखिएको छ ।
शैक्षिक परामर्श क्षेत्रको नीति, संस्थागत सुदृढीकरण र व्यवसायिक हितलाई प्राथमिकतामा राख्दै दुवै पक्षले मतदाता सदस्यहरूलाई आकर्षित गर्ने प्रयास तीव्र पारेका छन् ।
For more: Laxman Poudel vs. Deepak Bhusal



