घटस्थापनामा कुमारी बैंकका शाखा सञ्चालनमा रहने
५ असोज, काठमाडौं।
कुमारी बैंक लिमिटेडले घटस्थापना (२०८२ असोज ६ गते, सोमबार) का दिन सार्वजनिक विदा भए पनि ग्राहक सेवाको निरन्तरता सुनिश्चित गर्न देशभरका केही शाखा सञ्चालनमा रहने जानकारी दिएको छ।
बैंकले जनाएको अनुसार बिहान १०:०० बजेदेखि दिउँसो १:३० बजे सम्म कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज, बागमती (उपत्यका भित्र) को पुतलीसडक, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, गण्डकी प्रदेशको चिप्लेढुङ्गा (#पोखरा), कर्णाली प्रदेशको सुर्खेत–विरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको धनगढी शाखा खुला रहनेछन्।
त्यसैगरी, ECC, IPS, RTGS तथा Clearing सेवाहरु पनि सोही अवधिमा नियमित रुपमा सञ्चालन हुने बैंकले जनाएको छ।
ग्राहकहरुले थप जानकारी वा सहायता आवश्यक परेमा ०१-५९७०४९९ मा सम्पर्क गर्न सक्नेछन्।
कुमारी बैंकले डिजिटल बैंकिङ प्रणालीलाई निरन्तर प्रवर्द्धन गर्दै आएको छ।
For more: KumariBank Ghatasthapana Opening 2082