कुमारी बैंकका ग्राहकलाई भिजन कार्टमा ४० प्रतिशत छुट

Kumari Bank Vision Cart discount
Share It On:

१६ मंसिर,काठमाडौँ।

कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ स्थित भिजन कार्ट प्रालि बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिक बाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

Kumari Bank Vision Cart discount

यस सम्झौता अनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई ओपीडी शुल्क र परीक्षणमा ४० प्रतिशत सम्म छुट (अधिकतम रू.४,००० सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशत सम्म छुट दिइने जनाइएको छ ।  कुमारी बैंकको डेबिट, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताले छुटको फाइदा उठाउन सक्ने छन् ।

साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखा सम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने जनाइएकाे छ ।

विगत २३ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाईहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

For More:-Kumari Bank Vision Cart discount


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *