कुमारी बैंक र ट्रष्ट माइक्रो इन्स्योरेन्सबीच लघु बिमा सेवा सम्झौता

Kumari Bank Trust Micro Insurance
Share It On:

१३ असोज, काठमाडौं ।

कुमारी बैंक लिमिटेड र ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. बीच ग्राहकहरुलाई सहज तवरले लघु बिमा सेवा प्रदान गर्ने सम्झौता भएको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लि. सँगको सम्झौतामा अब कुमारी बैंकले आफ्ना ग्राहकहरुको घर, सवारी साधन, व्यवसाय साथै अन्य सम्पत्तीहरुको सरल तरिकाले लघु बिमा गराउन सक्नेछन् ।

Kumari Bank Trust Micro Insurance agreement

लघु बीमा विशेषगरी न्यून आय भएका व्यक्तिहरुको आर्थिक सुरक्षाको लागि महत्त्वपूर्ण छ, जसले अनिश्चित परिस्थितिहरुबाट जोगिन मद्दत गर्दछ। यसले ग्राहकहरुलाई आर्थिक घाटाको सामना गर्न र कुनै कारणबस् भएको क्षतिलाई पुनः प्राप्त गर्न सहयोग गर्दछ।

ट्रष्ट माइक्रो इन्स्योरेन्स लि.ले २०२२ मा कारोबार सुरु गरेको छ र अहिले ३१ वटा शाखा, उपशाखा र एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दैछ। यसले नेपालका नागरिकलाई किफायती र सुलभ लघु बीमासँग सशक्त बनाउँदै, लचिलोपन निर्माण गर्दै, र सबैका लागि वित्तीय सुरक्षातर्फको बाटो प्रज्वलित गर्दै अग्रणी भुमिका खेलिरहेको छ।

त्यस्तैगरि विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले भविष्यमा पनि अझ सरल, सुलभ, र उत्कृष्ट सेवाका लागि निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएका छन्।

For More:-Kumari Bank Trust Micro Insurance agreement 


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *