कुमारी बैंकका ग्राहकलाई इन्द्रप्रस्थ अपोलो हस्पिटलमा विशेष छुट

Kumari Bank Apollo Hospital discount
Share It On:

३१ साउन, काठमाडौं। 

कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउन नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पोरेशन लिमिटेड) सँग सम्झौता गरेको छ।

यस सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरूले इन्द्रप्रस्थ अपोलो हस्पिटलमा इनपेसन्ट (भर्ना भई गरिने उपचार) र आउटपेसन्ट (बाहिरबाट गरिने उपचार) दुवै सेवामा अधिकतम १०% सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै कुमारी बैंकले देश तथा विदेशका विभिन्न प्रतिष्ठित अस्पतालहरूसँग यस्ता छुट सम्झौताहरू गर्दै आएको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवामा ग्राहकहरूको पहुँच सुनिश्चित गरेको छ।

विगत २४ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा सेवा पुर्‍याउँदै आएको कुमारी बैंकले स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। बैंकले देशभर रहेका ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर र ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकहरूलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।

यस साझेदारीले बैंकका ग्राहकहरूलाई भारतमा उपलब्ध विश्वस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच दिलाउने अपेक्षा गरिएको छ।

For More:-Kumari Bank Apollo Hospital discount


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *