कामना सेवा विकास बैंकद्वारा डिजिटल AI सहायक “KS Mitra” सार्वजनिक, बैंकिङ सेवा अब AI बाट
३० असोज, काठमाडौं।
कामना सेवा विकास बैंकले ग्राहकलाई अझ छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले A.I. मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली KS Mitra सार्वजनिक गरेको छ।
ग्राहकले बैंकको आधिकारिक website https://www.kamanasewabank.com मा उपलब्ध Ask KS-Mitra आइकन मार्फत, email [email protected] मार्फत तथा सिधै WhatsApp नम्बर ९८५१४६००८५ मार्फत खाताको बारेमा सोधपुछ, बैंकिङ अनुरोध तथा आफ्नो गुनासो सम्बन्धी जिज्ञाशा राख्न सक्नेछन्।
KS Mitra मार्फत ग्राहकले शाखामा नपुगी बैंकका सेवा बारे जानकारी लिन, खाता सम्बन्धी जानकारी तथा गुनासो जाहेर गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन्। KS Mitra मार्फत ग्राहकहरूले बैंकका शाखा र सम्पर्क नम्बर, बैंकका सेवा तथा सुविधाहरू, ब्याजदर, सेवा शुल्क र अन्य सामान्य जानकारी सजिलै पाउन सक्नेछन्।
ग्राहकको पहिचान र खाताको विवरण रुजु भएपछि खाताको मौज्दात, कारोबारको विवरण, ऋणको बाँकी रकम, CRN, DEMAT, KYC लगायतका जानकारी पनि लिन सक्नेछन्।
त्यस्तै, खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेशा परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा PIN परिवर्तन गर्ने, मोबाईल बैंकिङ ब्लक गर्ने र यसको अवस्था बुझ्ने जस्ता सेवाहरू पनि लिन सक्नेछन्।
यदि ग्राहकले KS Mitra मार्फत खोजेको जानकारी उपलब्ध नभएमा स्वचालित रूपमा टिकट जारी गरिनेछ। यसबाट ग्राहकका जिज्ञाशा, सेवा अनुरोध र गुनासोको फलोअप गर्न र समाधान गर्न सजिलो हुनेछ। Digital A.I. Assistant “KS Mitra” सुविधा नेपालको बैंकिङ क्षेत्रमा नै नौलो र प्रभावशाली डिजिटल आयाम भएको बैंकले जनाएको छ।
डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने बैंकको प्रयास अन्तर्गत ‘KS Mitra’ सञ्चालनमा ल्याइएको हो।
यस सेवाले ग्राहकलाई डिजिटल माध्यमबाट बैंकिङ जानकारी प्राप्त गर्न सहज बनाउनुका साथै ग्राहक सेवा प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ।
बैंकले ग्राहकको समय बचत गर्दै डिजिटल माध्यमबाट बैंकिङ सेवा सहज बनाउने यो पहल बैंकको ‘Future Ready’ अवधारणा अनुरूप अघि बढाइएको हो।
यसका साथै, बैंकले ग्राहकको आवश्यकता र सुविधालाई केन्द्रमा राख्दै विशिष्ट बचत खाता मार्फत उपलब्ध गराइने Doorstep Banking सेवालाई डिजिटल नवप्रवर्तन सँग जोड्ने अवधारणालाई समेत प्राथमिकता दिएको छ।
For more: KSBBL AI Assistant KS Mitra

