कोरियाका राजदूतलाई नेपालीको अभिभावक बनेर काम गर्न सञ्चारमन्त्रीको आग्रह
२८ कात्तिक २०८२, काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीहरुको अभिभाव बनेर काम गर्न अनुरोध गरेका छन् ।
दक्षिण कोरियाको सिओलस्थित नेपाली राजदूतावासको अवलोकन गर्दै मन्त्री खरेलले कोरियामा रहेका नेपालीहरुको हक,अधिकार र समस्याको सहजिकरण गर्नुपर्नेमा जोड दिए ।
सञ्चारमन्त्री खरेलले नेपाल र कोरियाको सम्बन्ध स्थापित गर्दै नेपालमा धेरै भन्दा धेरै कोरियन लगानी भित्र्याउने वातावरण बनाउन भूमिका खेल्न राजदूतलाई आग्रह गरे।
नेपालका लागि दक्षिण कोरियाका राजदूतले नेपालीको पक्षमा काम गर्न नसकेको, दुई देशबीच सम्बन्ध र सहयोग विस्तारमा प्रभावकारी भूमिका खेल्न नसकेको गुनासो आइरहेको सन्दर्भमा सञ्चारमन्त्री खरेलले नेपालीमैत्री भएर काम गर्न, दुईदेशबीचको आपसी हित र सहकार्यबारे पहलकदमी लिन आग्रह गरेका हुन् ।
सञ्चारमन्त्री खरेलले नेपाली राजदूतावास नेपालीहरुको अभिभावक बन्नुपर्ने, दूतावासले नेपाल र कोरियाबीचको सम्बन्ध स्थापित गरिनुका साथै नेपालमा कोरियाको धेरै भन्दा धेरै सहयोग सम्बन्ध विस्तार गरिनुपर्नेमा जोड दिए ।
राजदूत डा शिवमाया तुम्बाहाम्फेले सीमित कर्मचारी, केही गैरआवासीय नेपाल संघ (एनआरएन) को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको उल्लेख गरे । उनले नेपालीको हक, अधिकार र समग्र नेपालको हितमा काम गर्न आफूले प्रतिवद्धताका साथ लागेको जिकिर गरे ।
सो अवसरमा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सिओलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सिधा उडान सञ्चालनका लागि पहल गर्न पनि राजदूतावासको ध्यानाकर्षण गराए ।
उनले कोरियामा रोजगारीका लागि गएका नेपालीहरुको मानसिक स्वास्थ्यका कारण भोगिरहेको विभिन्न खाले समस्याको समाधानका लागि पहल गर्न राजदूतावासलाई अनुरोध गर्नुभयो । उहाँले राजदूतावासमा दरवन्दी अनुसार थप जनशक्ति पठाउन पहल गर्ने बताए ।
सञ्चारमन्त्री खरेलले नेपालको परिवर्तित राजनीतिक व्यवस्था र पछिल्लो परिवर्तनलाई सम्बन्धित देशका दूतावासले त्यहाँ रहेका नेपालीहरुसमक्ष पु¥याई सम्बन्धित देशको कूटनीतिक क्षेत्रमा पु¥याउन आग्रह गरे ।
उनले नेपाल जेनजी आन्दोलनपछि पुनः लयमा फर्किको शान्ति र स्थिरता कायम भई निर्वाचनतर्फ उन्मुख भएको सन्देश राजदूतावास र कूटनीतिक नियोगले प्रबाह गर्नुपर्नेमा जोड दिए । सञ्चारमन्त्री खरेलले सिओलमा रहेको नेपाली राजदूतावासको अवलोकन गर्नुका साथै राजदूत र कर्मचारीसँग छलफल गरे ।
मन्त्री खरेलले दूतावासले गरिरहेको काम कारबाहीको जानकारी लिदै सरकारको प्राथमिकता र राजदूतावासले गर्नुपर्ने कामको बारेमा आवश्यक निर्देशन दिए ।
कोरियाको विज्ञान र आइसीटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।
For More:-Korean Ambassador Nepalese Guardian



