२९ मंसीर, काठमाडौं ।
श्रीखबर अनलाइन सञ्चारका सम्पादक कृष्ण प्रसाद खनाल नेपाल पत्रकार महासँघकाे बागमती प्रदेश परिषद सदस्यमा निर्वाचित भएका छन्।
मँसिर २८ गते देशैभर एकैपटक भएकाे महासँघकाे निर्वाचनमा सम्पादक खनाल चितवनबाट प्रदेशका लागि सर्वसम्मत निर्वाचित भएका हुन्।
महासँघकाे बागमती प्रदेश अध्यक्ष भने प्रतिस्पर्धाी शिव देवकोटालाई पछि पार्दै कृष्ण सारु मगर निर्वाचित भएका छन् ।
यसैगरी उपाध्यक्षमा हरिप्रसाद हुमागाईँ र विमला पाण्डे , महासचिवमा राधेश्याम खतिवडा सचिवमा श्याम प्रसाद खतिवडा र काजी श्रेष्ट, काेषाध्यक्षमा शँकर अधिकारी निर्वाचित भएका हुन् ।
सदस्यहरुमा समीक्षा पाण्डे,सुनिता रवाल मगर, सुनिता सापकोटा , यात्री छियाल परियार,सुवर्णलाल श्रेष्ठ ,ज्ञानेन्द्र तामाङ ,राजन धामी ,उज्ज्वल अधिकारी ,प्रज्जवल पाैडेल,वरुण लामिछाने ,सन्ताेष अधिकारी र सुनिल विष्ट निर्वाचित भएका छन् ।