करोडौँको अफर रहेको खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु 

Khalti payment jatra
Share It On:

१ जेठ, काठमाडौं ।

खल्तीले सुरु गरेको ‘द बिगेस्ट पेमेन्ट जात्रा 2082’ जेठ १ देखि असार ३२ गतेसम्म ६३ दिनको अवधिमा आयोजना हुने भएको छ। यो डिजिटल महोत्सव १५-१५ दिनका ४ राउन्डमा विभाजित छ, जहाँ प्रत्येक राउन्डमा खल्तीबाट कम्तीमा दुईवटा भुक्तानी गर्ने प्रयोगकर्ताहरू Vespa LX 125 जित्न ‘लक्की ड्र’मा सहभागी हुनेछन्।

Khalti payment jatra Nepal

प्रत्येक राउन्डको अन्त्यमा एक विजेता घोषणा गरिनेछ भने चारै राउन्डमा सहभागिता जनाउने प्रयोगकर्ताहरू स्वतः बोनस राउन्डमा प्रवेश पाउनेछन्, जहाँ पाँचौँ Vespa LX 125 जित्ने अर्को अवसर प्रदान गरिनेछ। यसरी प्रयोगकर्तासँग ५ पटक Vespa जित्ने मौका हुनेछ।

गत वर्ष जस्तै खल्तीले ‘सेयर अ कोड’ फिचरलाई निरन्तरता दिएको छ। । खल्ती एप भित्र जात्रा पेजमा गएर प्रयोगकर्ताहरूले ‘Create’ ट्याप गरी हरेक हप्ता आफ्नै प्रोमोकोड भएको कुपन बनाउन सक्नेछन् जुन सेयर गरी प्रयोगकर्ताहरू स्वयम् खल्ती इन्फ्लुन्सर बन्न सक्नेछन्। साथीभाइले प्रोमोकोड प्रयोग गरे अफर र क्यासब्याकको लाभ लिन सक्नेछन् भने सेयर गर्नेलाई हरेक कोड प्रयोगमा 10 खल्ती पोइन्ट्स प्राप्त हुनेछ साथै हरेक हप्ता ५ मा ५ प्रयोग भएमा Honor X7B स्मार्टफोन जित्ने मौका मिल्नेछ ।

अब यस संस्करणको मुख्य आकर्षणको कुरा गरौँ : ‘जात्रा ब्याटलग्राउन्ड’ ।  ‘सेयर अ कोड’  को विस्तारित खेल स्वरूप हो ‘जात्रा ब्याटलग्राउन्ड’ जसमा हरेक हप्ता २ टोली बिच प्रतिस्पर्धा हुनेछ । एक टोलीमा हुनेछन् एक जना कन्टेन्ट क्रियटर र उनले बनाएको आफ्नो कोड । अर्को टोलीमा हुनेछन् सम्पूर्ण खल्ती फ्यानहरू र उनीहरूले बनाएका कोडहरू । जुन टोलीले लक्षित गरिएको कोड प्रयोग सङ्ख्या पूरा गर्नेछ, जित उसैको हुनेछ। पहिलो हप्ता २B Gamer  ब्याटलग्राउन्डमा देखिन्छन् भने हरेक हप्ता नयाँ क्रियटर आउने खल्तीले जनाएको छ।

दैनिक रूपमा ‘खुत्रुके’ फुटाएर विशेष कोड प्राप्त हुनेछ र हरेक दिन ‘लक्की ड्र’ मार्फत एक भाग्यशाली विजेताले साउन्ड बार, स्मार्ट घडी,  एअर बड जस्ता Ultima प्रडक्टहरू जित्नेछन् भने प्रयोगकर्ताहरूले रु. १०० भन्दा माथिको हरेक भुक्तानीमा डिजिटल स्क्र्याच कार्ड मार्फत विभिन्न किसिमका अफर र क्यासब्याकहरू प्राप्त गर्न सक्नेछन्।

यस पेमेन्ट जात्रा बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्,

“करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को हामी चौथो संस्करणमा छौँ र गत ३ वर्षका संस्करण भन्दा अझै परिष्कृत र नयाँ स्वरूपमा प्रयोगकर्ता माझ पस्किन पाउँदा हामी निकै नै उत्साहित छौँ। विगतका अफरमा जस्तै यस अफरमा पनि लाखौँ प्रयोगकर्ताहरू सहभागी हुनुहुनेछ र यस अफरले हाम्रो डिजिटल भुक्तानीमा अभ्यस्त बनाउने लक्षलाई बलियो बनाउनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ। आफैँले विभिन्न भुक्तानीका प्रोमोकोड बनाई सेयर गर्दै खल्तीको इन्फ्लुन्सर बन्न मिल्ने सुविधा रहेको साथै हरेक हप्ता कन्टेन्ट क्रियटर सँग कोड रिडिम गर्ने प्रतिस्पर्धाले जात्रामा अझै रोमाञ्चक भएको छ। Vespa LX 125, Honor स्मार्टफोन, दैनिक खुत्रुकेमा Ultima प्रडक्ट सँगै डिजिटल स्क्र्याच कार्ड जस्ता हाम्रा अफरबाट यस जात्रामा कोही पनि खाली हात रहनु हुनेछैन । यस पेमेन्ट जात्रालाई एक भव्य भुक्तानी पर्वको रूपमा सफलता पूर्वक सञ्चालन गर्न सहकार्य गर्नुहुने सबै साझेदारहरूलाई हामी आभार व्यक्त गर्दछौँ साथै सबै जनालाई यस जात्रामा सहभागी भई अधिकतम लाभ लिन प्रोत्साहन पनि गर्दछौँ।”

For more: Khalti payment jatra Nepal


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *