‘खल्ती’ बाट पिइएकाे शुल्क तिर्न सकिने

Khalti Partners WIth PEA Association
Share It On:

७ भदाै २०७७, काठमाडौं ।

इन्जिनियरिंगकाे इन्ट्रान्स तयारी गर्ने विद्यार्थीले पिइए एसाेसिएसनकाे शुल्क ‘खल्ती’ डिजिटल वालेटबाट तिर्न सक्ने भएका छन् । खल्तीले शुल्क भुक्तानी गर्ने सम्बन्धी पिइएसँग सम्झाैता गरेकाे छ ।

खल्तीका ग्राहकले खल्ती बजारमा रहेकाे पिइए एसाेसिएसनकाे मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । यस्तै पिइएकाे वेवसाइटबाट पनि विद्यार्थीले याे सुविधाकाे उपयाेग गर्न सक्नेछन् । पिइए एसाेसिएसनले इन्जिनियरिंग पढ्न चाहने विद्यार्थीहरूलाई प्रवेश परीक्षा तयारमा सघाउँदै आएकाे छ ।  इन्जिनियरिंग अध्ययन संस्थामा आवद्ध व्यवसायिक व्यक्तित्वहरूबाट सन् १९९४ मा स्थापित पिइए ८५ शिक्षक र ३८ जना कर्मचारीसहित आफ्नै भवनमा संचालित रहेकाे पिइएका सूचना प्रविधि अधिकृत आर्जन बास्काेटाले जानकारी दिए । ‘खल्ती डिजिटल वालेटबाटै विभिन्न शुल्क तिर्न सक्ने भएपछि विद्यार्थीलाइ पिइएकाे सुविधा लिन निकै सहज हुने छ,’ उनले भने ।

पिइएबाट हजाराैंले प्रवेश परीक्षाकाे तयारी गरेका छन् । तीमध्ये अधिकांश विद्यार्थीले उत्कृष्ट कलेजहरूमा भर्ना हुने अबसर पाएका छन् । यस संस्थासँग उच्च तालिमप्राप्त बर्षाैंकाे अनुभव हासिल गरेका प्रशिक्षकहरू छन् । यहाँबाट प्रवेश परीक्षाकाे तयारी गर्ने विद्यार्थीलाइ प्रतिस्पर्धमा खराे रूपमा उतार्न संस्थाले शिक्षण विधि र शैक्षिक सामग्रीकाे स्तराेन्नती गरिरहेकाे छ । संस्थामा खल्तीमार्फत अनलाइन कक्षा, पुस्तकलगायतका सामग्रीहरू, परीक्षा र अग्रिम बुंकिंगकाे शुल्क तिर्न सकिन्छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *