खल्तीले ल्यायो ‘कार सुरक्षा: रु ९९९ मै रु २०,००० भन्दा बढीका सेवाहरू, सवारीसाधन इनस्योरेन्स गर्नेका लागि निःशुल्क

Khalti Car Suraksha Comprehensive
Share It On:

१३ भदौ, काठमाडौं ।

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले NADA Auto Show २०२४ को पहिलो दिनमा ‘कार सुरक्षा’ नामक आफ्नो नयाँ सुरक्षा प्याकेज सार्वजनिक गरेको छ।

Khalti Car Suraksha Comprehensive Vehicle

विभिन्न कार सम्बन्धी सेवा सुविधाहरू प्रदान गर्ने यस प्याकेजका लागि वार्षिक रु ९९९ मात्र शुल्क लाग्ने छ। प्रयोगकर्ताहरूले रु २०,००० भन्दा बढीको आफ्नो कार सम्बन्धी सेवाहरू साथै खल्तीका थप आकर्षक सुविधाहरूको लाभ लिन सक्नेछन्।

सवारी सम्बन्धी विभिन्न सामग्रीहरूका साथ निःशुल्क ब्लुबुक नवीकरण सेवा, निःशुल्क हरियो स्टिकर सेवा, आपत्कालीन रोड साइड सहायता र नवीकरणका कागजात डेलिभरी समावेश भएको ‘कार सुरक्षा’ सब्स्क्राईब गर्दा प्रयोगकर्ताहरूले विभिन्न सवारीसाधन सेवा प्रदायकहरूमा ५०% सम्मको छुट पनि प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा प्रदायकहरूमा कार मर्मत सेवा , कार डिटेलिङ , कार धुने सेवा, टायर सम्बन्धी सेवा देखि लिएर ड्राइभर र सवारीसाधन भाडामा लिने सेवाहरू सम्ममा छुटहरू उपलब्ध रहनेछ।

खल्तीबाट आफ्नो सवारीको इनस्योरेन्स गर्ने प्रयोगकर्ताहरूका लागि कार सुरक्षा निःशुल्क रहेको समेत खल्तीले जनाएको छ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काका भन्नुहुन्छ –

“ खल्ती ब्लुबुक  नवीकरण सेवामा ग्राहकहरूको उत्साहलाई मध्यनजर गर्दै, सवारीको मर्मतसम्भारमा रहेको आर्थिक भारको चुनौतीलाई कम गर्ने उद्देश्यका साथ खल्तीले ‘कार सुरक्षा’ नामक बजेट फ्रेन्ड्ली प्याकेज उपलब्ध गराएको छ। हामीले प्रयोगकर्ताहरूका लागि खल्तीको तर्फ बाट ब्लुबुक नवीकरण, हरियो स्टिकर सेवा प्रदान गर्नुको साथै विभिन्न सवारीसाधन सेवा प्रदायकहरू सँग सहकार्य गर्दै कार मर्मत देखि थुप्रै कार सेवामा छुटको व्यवस्था गरेको छौँ। वार्षिक रु ९९९ मा सुरु हुने यस प्याकेजको सब्सक्रिब्सनबाट प्रयोगकर्ताहरूले आफ्नो कार सम्बन्धी सेवा सुविधामा भरपुर लाभ उठाउनहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।”

खल्तीले ‘खल्ती सुरक्षा’ र ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा सब्स्क्रिब्सन प्याकेज समेत उपलब्ध गराउँदै आइरहेको छ। सो प्याकेजमा खल्तीले रु ५ लाख ३० हजार सम्मको स्वास्थ्य र दुर्घटना घटना बिमा साथै रू. १ लाख ५० हजार सम्मको विभिन्न स्वास्थ्य सेवा प्रदायकहरूमा छुट उपलब्ध गराइरहेको छ।

ISO २७००१ः २०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards २०२२, देशकै सबै भन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायक २०२३ र अनवरत रूपमा डिजिटल कारोबारमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च कदरमा नेपाल राष्ट्र बैंकबाट सम्मानित खल्ती आफ्नो सेवाको आठौँ वर्षमा छ। खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख + एजेन्ट, ६० हजार + मर्चेन्ट व्यवसायी, ५५+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्‍याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts