काठमाडौँ विश्वविद्यालयको ३०औं दीक्षान्तमा प्रधानमन्त्रीको आग्रह: ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्न विद्यार्थी तयार रहनुहोस्

Kathmandu University 30th Convocation
Share It On:

३० जेठ, काठमाडौं ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने  बताएका छन् । काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ चुनौतीको मौलिक ढङ्गले समाधान गर्दै अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे ।

Kathmandu University 30th Convocation

धुलिखेलस्थित काठमाडौ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभई ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरे ।

नेपाल कहिल्यै कुनै मुलुकको अधिनस्थ नरहेको र कहिल्यै नरहने बताउँदै उनले नेपाल सानो राष्ट्र भए पनि स्वाधिनताका साथ बसेको स्पष्ट पारे । “दुनियामा नेपाल नेभर कोलोनाइज्ड हो । यो कसैको मातहतमा रहेन र रहँदैन पनि । हामी सानो देश भए पनि विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पूर्खाले चक्कुको सहारमा हराएर देशको स्वाधिनता बचाएका हुन् ।” विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले भने, “नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले विश्व–पृथ्वी, जल, नक्षत्र, ब्रम्हाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोही

अनुसार कर्म गर्नुपर्ने बताए । “पूर्वजदेखिनै पनि सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो”, उनले भने ।

ओलीले अब नेपालको परिचय ‘बहादुर’ मात्र नभई ‘इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी स्थापित गराउनुपर्नेमा जोड दिँदै सीपयुक्त जनशक्तिले अनुसन्धान र नवप्रवर्तनमा लागेर देशको सेवा गर्नुपर्ने आग्रह गरे ।

For:-Kathmandu University 30th Convocation


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *