बिना बिलका सामान किनबेच नगर्न काठमाडौं प्रहरीले अनुरोध

Kathmandu Police Stolen Goods
Share It On:

१ असोज, काठमाडौं।

जिल्ला प्रहरी परिसर, काठमाडौंले राजधानीमा हालै भएका प्रदर्शनका क्रममा चोरी र लुटपाट गरिएका बहुमूल्य गरगहना तथा सामान बिना बिल किनबेच नगर्न आग्रह गरेको छ।

भदौ २३ र २४ गते Generation Z (जेन-जी) ले आह्वान गरेको आन्दोलनका क्रममा राजधानीका विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापारिक प्रतिष्ठान र सर्वसाधारणका घर र भवनमा तोडफोड तथा आगजनी गरिएको थियो। सो क्रममा सुन, चाँदी र अन्य मूल्यवान् गरगहना लगायतका सामान लुटपाट भएको विवरण प्रहरीले सार्वजनिक गरेको छ।

प्रहरीका अनुसार ती सामान राजधानीका विभिन्न सुनचाँदी पसलमार्फत वा अन्य तरिकाले बिना बिल बिक्री हुने सम्भावना रहेकाले यसलाई रोक्न सर्वसाधारणलाई विशेष आग्रह गरिएको हो।

यस्तै, यस्ता सामान भेटिए वा शंकास्पद अवस्थामा पाइएमा तत्काल प्रहरी कन्ट्रोल १००, जिल्ला प्रहरी परिसर काठमाडौंको सम्पर्क नम्बर ०१–५३१५९६९ वा मोबाइल नम्बर ९८५१२८२०२८ मा सम्पर्क गरी जानकारी दिन समेत प्रहरीले अनुरोध गरेको छ।

For More:-Kathmandu Police Stolen Goods Warning

Kathmandu Police Stolen Goods Warning


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *