काठमाडौं प्रशासनको कडा चेतावनी: मनसुन विपदको मौकामा Indrive, Pathao र Yanggu माथि निगरानी
१८ असोज २०८२, काठमाडौं ।
मनसुनजन्य विपदको अवस्थामा यात्रुहरूबाट अत्याधिक भाडा असुल गरेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले लोकप्रिय राइड सेयरिङ सेवाहरू Indrive, Pathao र Yanggu लाई कडा निगरानीमा राखेको छ।
जिप्रका काठमाडौंले एक सूचना जारी गर्दै, विषम मनसुनजन्य विपदको नाजायज फाइदा उठाउँदै यात्रुहरूबाट बढी भाडा असुल गरिएको गम्भीर गुनासो प्राप्त भएको जनाएको छ।
किन भयो निगरानी?
देशभर भारी वर्षा, बाढी र पहिरोका कारण यातायात सेवाहरू प्रभावित भइरहेको यो समयमा, राइड सेयरिङ कम्पनीहरूले अत्यावश्यक सेवाको नाममा यात्रुहरूलाई ठगी गरेको पाइएको छ। प्रशासनले यस्तो संकटको घडीमा ठगी गर्ने कार्य पूर्ण रूपमा अस्वीकार्य हुने स्पष्ट पारेको छ।
प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “यस्तो परिस्थितिमा अत्यावश्यक सेवाको नाममा ठगी गर्ने कार्य अस्वीकार्य हुनेछ।”
गुनासो गर्ने र कारबाहीको प्रक्रिया
जिल्ला प्रशासन कार्यालयले बढी भाडा असुल गर्ने वा ठगी गर्ने जो कोहीलाई प्रचलित कानूनबमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको छ।
ठगीमा परेका यात्रुहरूलाई प्रमाणसहित कार्यालयमा उजुरी दिन प्रशासनले आग्रह गरेको छ। यदि तपाईं पनि यसरी ठगीमा पर्नुभएको छ भने, आवश्यक प्रमाण (स्क्रिनसट, बिल वा अन्य प्रमाण) सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेश गर्न सकिन्छ।
जिप्रकाको अनुरोध:
यदि कुनै पनि राइड सेयरिङ सेवाले अत्यधिक भाडा असुल गरेको पाइएमा।
ठगी भएको आवश्यक प्रमाण संकलन गर्नुहोस्।
सो प्रमाणसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिनुहोस्।
कारबाही: ठगी प्रमाणित भएमा संलग्न व्यक्ति वा कम्पनीहरूलाई कडा कानूनी कारबाही गरिनेछ।
For more: Kathmandu DAO’s Strict Warning ride-sharing platfrom