नाडा अटो शो २०२५: स्टल एलोकेसन सम्पन्न, भदौ ३–८ मा भृकुटीमण्डपमा नेपालकै ठूलो अटोमोबाइल प्रदर्शनी

auto expo nada 2025
Share It On:

२० असार, काठमाडौं ।

बहुप्रत्याशित नाडा अटो शो २०२५का लागि स्टल एलोकेसन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालकै सबैभन्दा ठुलो अटोमोबाइल प्रदर्शनी आउँदो भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५)सम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुँदैछ ।

वि.सं. २०५५ मा सुरु भएको नाडा अटो शो आजसम्म आई पुग्दा नेपाली अटो उद्योगको प्रमुख प्रदर्शनी बनेको छ, जसले प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

स्टलमा DEEPAL, AVATR, DONGFENG NAMMI, SERES, TATA, SUZUKI, TESLA, AION, XPENG, RIDDARA, SKY WELL, BYD, FOTON, BAW BRUMBY, JY AIR, BLAVAL, LS Auto, JINPENG लगायतका चार पाङ्ग्रे ब्रान्डहरू मेलामा सहभागी छन् ।

त्यस्तै, Hero, Royal Enfield, Zonson, Yamaha को दुई पाङग्रे ब्राण्ड पनि मेलामा सहभागी छ ।

त्यस्तै, NEW GONOW, DFSK, DONGFENG, KAMA, FOTON, SOKON, CG KYC/ KINGLONG, Montra, Skyworth, KAINIU, KAWEI/ NAVECO, SUNLONG लगायतका लाइट कमर्सियल भेहिकलका १३ वटा स्टलहरू रहनेछन् ।

अटो कम्पोनेन्टहरू Asian, GULF, Duckhams, ATS ELGI/ELGI, MAFRA, MAXSHINE, WAVEX/ Kuruma, Massimo Nepal, Michelin, Liqui Moly, STC RIDE/ ENERGY, CEAT Tyre, JK/ Good Tyre, Spicer, Vulcan, ITR/ATF/USB/HOBE, CYG, KPI & Kohinoor, Manatec, Electric Vehicle Charger, TATA Green, Total Energies, STUDDS/ SMK, Microbiz, Horizon fct, MAK, PLO आदिको व्यापक उपस्थिति रहने र यसका लागि ४० भन्दा बढी स्टल रहने नाडाले जनाएको छ ।

यस बर्ष नाडा अटो सो संस्करणका विशेष आकर्षणहरू मेड इन नेपाल  प्याभिलियन, विन्टेज कार प्याभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफे रहेका छन् । साथै, एक विशेष प्रदर्शन छिट्टै सार्वजनिक गरिने नाडाले जनाएको छ ।

यस संस्करणको टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनिज रहनेछ, जसले एक नविन र गैर-प्रतिस्पर्धी उत्पादनमार्फत शोमा सहभागी हुनेछ ।

नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुका साथै, अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।

For more: kathmandu auto expo nada 2025


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *