कता हो’ लाई वर्ल्ड समिट अवार्ड

KataHo Wins World Summit Awards
Share It On:

३१  चैत, काठमाडौं।

नेपालको डिजिटल ठेगाना प्रणाली ‘कता हो’ ले वर्ल्ड समिट अवार्ड पाएको छ । नेपालबाट यसअघि सन् २०२२ मा नागरिक एपले गर्भमेन्ट एण्ड सिटिजन इन्गेजमेन्ट विधामा यस्तो पुरस्कार प्राप्त गरेको थियो ।

नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता रामलक्ष्मणको समूहले तयार गरेको यो डिजिटल ठेगाना प्रणालीले स्मार्ट सेटलमेन्ट एण्ड अर्वनाइजेसन विधामा छनौट भई पुरस्कार प्राप्त गरेको हो ।

यसले संयुक्त राष्ट्र संघले अघि सारेका दीगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका उत्कृष्ठ प्रविधिहरुको चयन गरी हरेक बर्ष पुरस्कार दिने गर्छ । हालै यसको आधिकारिक वेभ साइटमार्फत् पुरस्कार घोषणा गरेको हो ।

यस बर्ष सो पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म तेलंगना स्टेटको सहकार्यमा भारतको हैदरावाद स्थित टिहबमा मा भएको थियो ।

‘कता हो’ ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ । अफलाइनमै ठेगाना कोड खोज्न सकिने यो प्रणालीमा ४०० वटा शब्द र अंकको संयोजन गरी ३ सेकेण्ड भित्र कुनै स्थानको कोड बोलिकै माध्यमबाट शेयर गर्न सकिन्छ ।

यो प्रणाली प्रयोग गरी हालसम्म १० हजार भन्दा बढिले ठेगाना पाटी तयार गरिसकेका छन् ।

‘कता हो’ डिजिटल ठेगाना प्रणालीसँग ‘कारोबारमार्ट’ इंप्लीमेंटिंग पार्टनर रूपमा जोड़िएको छ । आगामी वैशाखदेखि देशव्यापी रुपमा सेवा विस्तार गर्ने गर्नेक्रममा दुवैले मिलेर काम गर्ने भएका छन् ।

For more: KataHo Wins World Summit Award


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *