२४ चैत, काठमाडौं।
चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक भएको छ । ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर छ। गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ । असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ ।
गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन् । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ । गीतको भिडियोमा चलचित्रका मुख्य विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयंले पनि भिडियोमा राम्रो समय अकुपाइ गरेका छन् ।
ट्रेलरले राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप दिने अपेक्षा निर्माणपक्षको छ । यसैबीच, ‘कर्मा’को ट्रेलर नेपालसहति कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो ।
विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् । ‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ ।