‘कर्मा’ ले दर्शकको मन जित्दै, युट्युब ट्रेन्डिङ कब्जा
२६ चैत, काठमाडौं।
नयाँ वर्ष २०८२ को छेको पारेर यहि शुक्रबारदेखि देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कर्मा’ले प्रदर्शनअघि नै दर्शकमाझ उल्लेखनीय हाइप बनाउन सफल भएको छ ।
‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेर चर्चा कमाएका निर्देशक सौरभ चौधरीद्वारा निर्देशित यो चलचित्रको ट्रेलर, टाइटल गीत र सिनेमामा समावेश ‘पागल’ बोलको गीत अहिले युट्युबदेखि सामाजिक सञ्जालसम्म व्यापक रूपमा छाएका छन् ।
टिजर, ट्रेलरदेखि गीतसम्मले दर्शक र सिनेप्रेमीको ध्यान खिच्न सफल भइसकेका छन् । केही दिन अघि सार्वजनिक भएका चलचित्रका ट्रेलर र गीतले हाल युट्युबमा ट्रेन्ड गरिरहेका छन् ।
प्रदर्शन मितिसम्म ट्रेन्डिङ र हाइपको यो गति कायमै रह्यो भने ‘कर्मा’ ले बक्स अफिसमा समेत उल्लेखनीय उपस्थिति जनाउने अपेक्षा गरिएको छ । ट्रेलर र गीतहरूमाथि दर्शकले दिएका प्रतिक्रियाहरू हेर्दा ‘कर्मा’ले हलसम्म दर्शक तान्ने सम्भावना बलियो देखिन्छ ।
लोकप्रिय गायक सुशान्त केसीको स्वरमा रहेको यस चलचित्रमा समावेश ‘पागल’ बोलको गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । गायक केसीकै शब्द तथा संगीत रहेको यो गीत युट्युबको म्युजिक सेक्सन अन्तर्गत २ नम्बर ट्रेन्डिङमा छ ।
सोमवार सार्वजनिक गरिएको ‘पागल’ गीत युट्युबमा १३ लाख २२ हजार पटक हेरिएको छ । चलचित्रका लागि पहिलो पटक गीत गाएका सुशान्तको यस गीतलाई युट्युबमा दर्शकले राम्रो साथ दिएका छन् । गीत राम्रो लागेको भन्दै दर्शकले हलमा ‘कर्मा’ हेर्न जाने बताइरहेका छन् ।
त्यस्तै, गत बिहीबार सार्वजनिक भएको ‘कर्मा’को ट्रेलर युट्युबको मुभी सेक्सनको ६ औं नम्बर ट्रेन्डिङमा छ । नेपालसहति विभिन्न देशको युट्युब ट्रेन्डिङमा परेको ट्रेलर हालसम्म ९ लाख ९६ हजार पटक हेरिएको छ ।
सार्वजनिक ट्रेलरमा भ्रष्ट समाजले एक निर्दोष युवालाई कसरी अपराधी बनाउँछ भन्ने प्रष्ट पारिएको छ । आफ्नो उद्देश्य प्राप्तिका लागि हिँडेको युवा कसरी परिवन्धमा परेर गुण्डागर्दी र प्रहरीको कष्टडीमा पुग्छ भन्ने ट्रेलरमा देख्न सकिन्छ । जसलाई छोटो समयमै दर्शकले अत्यधिक मन पराएका छन् ।
यसैबीच, अहिले सर्वाधिक चर्चामा रहेका गायक दुर्गेश थापाले गाएको ‘कर्मा’ बोलको टाइटल गीत युट्युब ट्रेन्डिङमा ट्रेन्ड गरिरहेको छ ।
आइतवार साझ सार्वजनिक गरिएको टाइटल गीत सार्वजनिक भएको पाँच घण्टामै ट्रेन्डिङमा पर्न सफल भएको । हाल यो टाइटल गीत म्युजिक सेक्सन अन्तर्गत १४ नम्बर ट्रेन्डिङमा छ ।
दुर्गेश स्वयंको शब्द तथा संगीत रहेको असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको यस गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सत्यलाई उजागर गरेको छ ।
यसअघि सार्वजनिक भएको ट्रेलर र सुशान्तले गाएको गीतले दर्शक माझ राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप निर्माण गरेको छ ।
दुर्गेशले गाएको टाइटल गीत अहिलेसम्म ३ लाख १० हजार भन्दा बढी दर्शकले हेरेका छन् र भ्यूजको संख्यामा समेत गति बढिरहेको छ ।
नेपाल र विदेशमा एकसाथ रिलिज हुने चलचित्र ‘कर्मा’ नयाँ वर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गते रिलिज हुँदै छ । यो सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ ।
वसन्त लम्सालको लगानी रहेको ‘कर्मा’ मा सञ्जय लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ ।
चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
For more: Karma Movie Trending on YouTube Nepal